सल्यानमा अवैध हतियार सहित दुई जाना पक्राउ छान्विन काे लागि हिरासत मा

   
त्रिवेणी अनलाइन
२७ श्रावण २०७६, सोमबार १०:४९ मा

सल्यानमा अवैध रुपमा राखिएको चार नाल भरुवा बन्दुक सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको कालिमाटी गाउँपालिका वडा न ५ बालुवा मनिकापुरका ७० वर्ष का  चन्द्र बहादुर रोका र ६७ वर्षिय टेक बहादुर कुमाललाई अवैध हतियार सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । 
जिल्ला प्रहरी कार्यालय र शसस्त्र प्रहरी बलको गस्ती टोलीले घरमा अवैध रुपमा राखेको चार नाल भरुवा बन्दुक फेला पारेको प्रहरीले बताएको छ । पक्राउ परेका दुवैलाई हिरासतमा राखी अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख विरेन्द्र बहादुर शाहीले जानकारी दिएकाछन ।

तपाइँको प्रतिक्रिया
Array