धादिङ दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ९ पुग्यो, २० जना अझै बेपत्ता

   
त्रिवेणी अनलाइन
२५ श्रावण २०७६, शनिबार ११:०४ मा
[Sassy_Social_Share total_shares="ON"]

सर्लाहीको मलंगवाबाट काठमाडौं जादैं गरेको बस धादिङको सलाङघाटस्थित त्रिशुली नदीमा खस्दा मृत्यु हुनेको संख्या ९ पुगेको छ। ४२ जना यात्रु र ३ जना बस स्टाफ बोकेको ना ६ ख ७४६९ सृष्टि डिलक्स शुक्रबार बिहान ३:३० बजे खसेको थियो । बसमा सवार २० जना अहिलेसम्म हराइरहेका छन् भने १६ जनाको जिवितै उद्धार गरिएको छ। 
दुर्घटनामा मृत्यु भएका मलंगवा नगरपालिका ७ का जगरनाथ राय यादव, हरिवनका विनोदप्रसाद उप्रेती, मलंगवाका सुनिल श्रीवास्तव, उनको श्रीमती निमा श्रीवास्तव, स्थान खुल्न नसकेका अजय दास र बिजय कुर्मीको पहिचान भएको प्रहरीले जनाएको छ । अझै ३ जनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मृतक श्रीवास्तव दम्पतीको शव भरतपुर अस्पतालमा र अन्यको शव धादिङको गजुरीमा राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ। 

‘घटनास्थलमा तीन जनाको शव भेटिएको थियो।’ इलाका प्रहरी कार्यालय गजुरीका डिएसपी खगेन्द्र खड्काले भने,’त्रिशुली नदीको चितवनस्थित मुंगलिनमा दुई, तनहुँको देवघाटमा दुई, धादिङको चिरौदीमा एक र अर्को एक जनाको शव फेला परेको छ।’ बसमा यात्रारत केही यात्रुहरु बगाएको आशंकामा राजमार्ग क्षेत्रका सबै प्रहरी युनिटहरुलाई नदी किनारहरुमा निगरानी बढाउन निर्देशन दिइएको जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी प्रहरी निरीक्षक भोलामान सिंह अधिकारीले बताए । घटनास्थलको प्रारम्भिक अध्ययन गर्दा चालक निदाएको हुन सक्ने जिल्ला ट्राफिक प्रहरी धादिङका इन्स्पेक्टर नेत्रप्रसाद भट्टले बताए । ‘दुर्घटनास्थल नजिकै ठुलो घुम्ती पनि छैन ।’ भट्टले भने, ‘त्यस्तो ओरालो बाटो पनि हैन, कम जोखिम भएको ठाउँमा दुर्घटना भएको देखिएकाले चालक निदाएको हुनसक्छ ।’ रात्री बसमा दुईजना चालक अनिवार्य हुनुपर्ने नियमानुसार चालक देखिएपनि परिवर्तन भए /नभएको पुष्टी नभएको उनले बताए ।

दुर्घटनामा घाईते भएका १६ मध्ये ७ जनाको काठमाडौंमा सामान्य उपचारपश्चात डिस्चार्ज गरिएको छ। ९ जनामध्ये ८ जनाको काठमाडौंको ट्रमा सेन्टरमा र एक जनाको उपचार कहाँ भइरहेको जानकारी नभएको प्रहरीले जनाएको छ। 

डिस्चार्ज हुनेहरुमा गम्हरियाका दिनेश ठाकुर, हरिपुरका भोगेन्द्र चौधरी, औरहीका राहुल महतो, हरिपुरका अमृत लामा, जमुनियाका भुपेन्द्र कुमार यादव, कबिलासीका बिजय राय यादव, भारत बिहार सीतामढीका धिरेन्द्र यादव रहेका छन्। 

तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक
उत्तर कुमार साहु
सम्पादक
गणेश चन्द

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9845578104, 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu