कुमाखमा किशोरीलाई ‘आइरन फोलिक एसिड चक्की’ खुवाइदै
कुमाख गाउँपालिकाले किशोरीका लागि ‘आइरन फोलिक एसिड’ खुवाउने भएको छ । आइरनको कमीले किशोरीहरुमा रक्तअल्पता हुने भएकाले नियन्त्रण गर्न आइरन फोलिक एसिड खुवाउन शुरु गरिएको हो ।
कुमाख गाउँपालिका स्वास्थ्य शाखाको आयोजना एवं सु–आहारा कार्यक्रमको प्राविधिक सहयोगमा गाउँपालिकाभित्रका सबै किशोरीलाई आइरन फोलिक एसिड खुवाउन शुरु गरिएको स्वास्थ्य शाखाका प्रमुख मान सिंह वलीले बताए । उनका अनुसार कुमाखका १० देखि १९ वर्षसम्मका सबै किशोरीलाई खुवाइनेछ ।
गाउँपालिकाका सबै सामुदायिक तथा निजी विद्यालयका विज्ञान विषयका शिक्षक–शिक्षिका, स्वास्थ्य सेवाका प्रमुखसँग समन्वय गरिएको प्रमुख वलीको भनाइ छ । उनले विद्यालयभित्र र बाहिरका सबै किशोरीलाई खुवाउने उद्देश्य राखिएको बताए । आइरन फोलिक एसिड विद्यालय जाने किशोरीलाई विद्यालयमा र विद्यालय नजाने किशोरीलाई समुदायका महिला स्वास्थ्य स्वयमसेवीका मार्फत खुवाइनेछ ।
प्रमुख वलीका अनुसार प्रत्येक किशोरीलाई ६० मिलिग्राम आइरन र चार सय मिलिग्राम फोलिक एसिड खुवाइनेछ । यही कार्यलाई १३ हप्तासम्म निरन्तरता दिइने बताइएको छ । सल्यानको कुमाख गाउपालिकामा पहिलो पटक यो कार्यक्रम शुरु हुन लागेको हो । किशोरीहरुको स्वास्थ्य खराबी भएकै कारण विद्यालयबाट टाढा हुने गर्ने गरेका तथा स्वास्थ्य पनि कमजोर बन्दै जान थालेको भन्दै यो कार्यक्रम शुरु गरेको हो ।
अघिल्लो बर्षमा नै यो कार्यक्रमका बारेमा कुमाख गाउँपालिका स्वास्थ्य शाखाको आयोजना तथा सु–आहाराको प्राविधिक सहयोगमा स्थानिय स्तरका जनप्रतिनिधि, विद्यालय शिक्षक, स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयम सेवीकाहरूलाइ यो कार्यक्रम सम्बन्धी अभिमुखिकरण तालिम भैसकेको भएपनि किशोरीहरूलाइ राष्ट्रिय प्रोटोकल अनुसार अइरन खुवाउने कार्यक्रम यो बर्षबाट शुरू भएको हो ।
यो साउनबाट शुरू भएको कार्यक्रम हरेक हप्ता १ चक्की खुवाउदै ३ महिनासम्म जारी रहनेछ विचका ३ महिना पछि पुनः ३ महिना खुवाइनेछ । बर्षमा २ पटक गरी २६ हप्ता यो चक्की हरेक किशोरीलाइ खुवाइनेछ । सल्यानमा स्थानिय सरकार बनेपछि कुमाखले पहिलो पटक यो कर्यक्रम लागु गरेको हो ।
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम






