SEE उत्कृष्ट सल्यानका शिशिरलाइ अमेरीकाबाट पठाएको ५० हजार प्रदान
यो बर्ष सल्यानबाट SEE मा उत्कृष्ट हुने शिशिर बस्नेतलाइ ५० हजार प्रदान गरिएको छ ।
“बृहत सल्यान शैक्षिक कोष” अन्तर्गतको सर्बोत्कृष्ट एसईई सम्मान कार्यक्रम २०७६ बाट उनलाइ आज एक कार्यक्रमका विच पुरस्कार हस्तान्तरण गरिएको हो ।
सल्यानमा जन्मिएर अमेरीका बस्नुहुने चलचित्र निर्देशक राजेन्द्र केसीले सौजन्य गरेको रकम माछापुच्छ्रे बैंकको चेकमार्फत हस्तान्तरण गरीएको छ ।
सिद्धकुमाख १ बाँझकाँडाका बस्नेतले ब्राइट पर्ल एकेडेमीबाट सहभागी भइर् एसईईको रिजल्टमा ३.७५ जिपिए ल्याएका थिए । कार्यक्रमको प्रवर्द्धन सल्यान दृष्टिकोण र सल्यानी युवा संजालले गरेको ध्रुवराज वलीले जानकारी दिएका छन ।

राजेन्द्र केसीले नेप्टेक एजुकेशन फाउन्डेशन र ड्र्यागन एजुकेशन फाउन्डेशन पार्ट्नरको रूपमा सामाजिक कार्यमा सहकार्य गरेका छन ।
अघिल्लो बर्ष पनि ३.९० ल्याएर कर्णालीमा उत्कृष्ट बनेका बवि खड्कालाइ पनि सोहि राशिको रकमले सम्मान गरिएको थियो ।

- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम






