बलात्कार गरेको अभियोगमा सल्यानमा एकजना पक्राउ
दिदी सासुलाइ बलात्कार गरेको आरोपमा सल्यानमा एक ब्यक्ती पक्राउ परेका छन । जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ५ रिममा बोल्न नसक्ने ५२ बर्षिय दिदिसासुलाइ ४२ बर्षिय ज्वाइँ नाता पर्ने एक ब्यक्तिले बलात्कार गरेको आरोप छ । घरमा कोही नभएको मौका पारी बलात्कार गरेको आरोपमा ती ब्यक्ती बुधबार पक्राउ परेको इलाका प्रहरी कार्यालय लुहामका इन्चार्ज नरबहादुर खड्काले जानकारी दिए । मंगलबार दिउँसो घरमा कोही नभएको मौका छोपी माइतीमा बस्दै आएकी ति महिलालाई बलात्कार गरेको गाउँका महिलाले देखेपछि पीडितका आफन्तलाई खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पीडितको स्वास्थ्य परीक्षण बुधबार जिल्ला अस्पताल सल्यानमा गरिएको छ ।
तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
धेरैले पढेको