बलात्कार गरेको अभियोगमा सल्यानमा एकजना पक्राउ
दिदी सासुलाइ बलात्कार गरेको आरोपमा सल्यानमा एक ब्यक्ती पक्राउ परेका छन । जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ५ रिममा बोल्न नसक्ने ५२ बर्षिय दिदिसासुलाइ ४२ बर्षिय ज्वाइँ नाता पर्ने एक ब्यक्तिले बलात्कार गरेको आरोप छ । घरमा कोही नभएको मौका पारी बलात्कार गरेको आरोपमा ती ब्यक्ती बुधबार पक्राउ परेको इलाका प्रहरी कार्यालय लुहामका इन्चार्ज नरबहादुर खड्काले जानकारी दिए । मंगलबार दिउँसो घरमा कोही नभएको मौका छोपी माइतीमा बस्दै आएकी ति महिलालाई बलात्कार गरेको गाउँका महिलाले देखेपछि पीडितका आफन्तलाई खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पीडितको स्वास्थ्य परीक्षण बुधबार जिल्ला अस्पताल सल्यानमा गरिएको छ ।
तपाइँको प्रतिक्रिया
[gs-fb-comments]
पछिल्लो अपडेट
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
धेरैले पढेको






