कुमाख उज्यालो बनाउन जनप्रतिनिधि अभियानमा, अवको २ बर्षमा भित्रमा सबै वडामा पुग्ने
उज्यालो कुमाख बनाउने अभियानमा लागेको कुमाख गाउँपालिकाले अार्थिक वर्ष २०७७/०७८ सम्म सबै वडासम्म विद्युत लिइसक्ने जनाएको छ । काम थालेको २ बर्ष नहुदै गाउँपालिकाको केन्द्रमा विद्युत लिइसकेको गाउँपालिकाले संघ, प्रदेश र पालिकाको छुट्टाछुट्टै लगानीमा विद्युतिकरणको काम गरिरहेको छ ।
गाउपालिका अध्यक्ष दिलमाया बुढामगरले संघिय सरकारको लगानीमा कालागाउको बस्नेतज्युला देखि त्वालदारी, वाल्य, झारकाँडा हुदै नेटा तिमिलकाँडाका लागि १ करोड २० लाख रकम छुट्याइएको बताइन । त्यहाँ २२० वटा पोल लाग्नेछन ।
त्यस्तै त्यति नै रकम माैलाहाले देखि ६ नं वडा कार्यालय र त्रिवेणीबाट ३ नं वडा कार्यालय सम्मका लागि लगानी गरिएको छ । जहाँ २ सय ६१ थान पोल लाग्नेछन ।
यता चारपानी देखि मैालाहालेका लागी २० लाखमा ३८ वटा पाेल र चाेरपानी जिमाली वडा कार्यालय हुदै राम्रीसम्म ५२ लाख ५० हजारमा ६२ थान पाेल लाग्नेछन । वडा नं १ र वडा नं ४ गाउँपालिकाको बजेटबाट विद्युतिकरण गराउदै अाएको गाउँपालिकाले २ नं वडामा विद्युतिकरणका लागि प्रदेश सरकार समक्ष माग गरेको उनले जानकारी दिइन ।
अध्यक्ष दिलमायाले उत्साहित भएर काम भैरहेको सामाजिक संजालमा सेयर गरेपछि धेरै व्यक्तीले बधाई तथा शुभकामना दिएका छन । युवा नेता रमेश मल्लले अबको २ बर्षमा सबै गाउँ उज्यालो बनाउनुपर्छ है दिदि भन्दै होस्टेमा हैसे गरिन्छ भन्ने कमेन्ट राखेका छन । त्यसको जवाफमा अध्यक्षले तपाई अनि हामी कुमाखबासीहरूको साझा प्रयासमा विषेश त हजुरको हरपहलको मेहनत र अथक संघर्षबाट यो कार्य सुसम्पन हुनेछ र गराउनेछाै भनेर सबैले काम गरेको जवाफ दिएकी छन ।
अध्यक्षले सामाजिक संजालमा काम भैरहेको राखेपछि कसैले हाम्रो गाउँमा कहिले हुन्छ प्रश्न दिएका छन भने धेरैले राम्रो काम भन्दै बधाइ दिएका छन ।
अनलाइन तहल्का
- राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको अध्यक्षमा वुढाथोकी
- त्रिवेणी गाउँपालिका र सामुदायिक वन उपभोक्ता समितिहरुविच अन्तरक्रिया सम्पन्न
- शारदा नगरपालिका सल्यानद्वारा आधिकारीक लोगो सार्वजनिक
- त्रिवेणी गाउँपालिकाका ८ सय २ किशोरीलाई एचपिभी खोप लगाइदैँ
- त्रिवेणी गाउँपालिका स्तरीय छैठौं अध्यक्ष कप तथा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्नः उपाधी सरस्वती मा.वि सिम्कलाई
- जन्मदिनको फजुल खर्चले शैक्षिक सामग्री