दाङ–सुर्खेत सडक खण्डमा परेका खाल्डा पुरियो

   
त्रिवेणी अनलाइन
११ श्रावण २०७६, शनिबार १०:२१ मा

दाङ–सुर्खेत सडकखण्डमा परेका खाल्डाखुल्डी पुरिएको छ । सडकबीचमा परेका खाल्डाखुल्डीले गर्दा दुर्घटना बढाएको भन्दै उक्त सडकखण्ड अन्तर्गत तुलसीपुर उपमहानगरपालिका भित्र पर्ने वडा नं. ९ को पातुखोला पुलदेखि वडा नं. १ पवननगरसम्मको सडकबीचका खाल्डाखुल्डी पुरिएको हो । तुलसीपुर उपमहानगरपालिकाको डोजरसंगै कार्यपालिका सदस्य अमर नेपाली माईकलसहितको टोलीले उक्त सडकबीचका खाल्डाखुल्डी पुरेको हो । ‘सडकबीचमा परेका खाल्डाखुल्डीले दुर्घटना बढाएको थियो’ माईकलले भने‘त्यसैले मेरो पहलमा डोजर ल्याए र आफु पनि काममा खटिएर सबै खाल्डाखुल्डी पुरेका छौं ।’ शुक्रबार त्यहाँ परेका खाल्डाखुल्डी पुरिएसंगै सवारी आवतजावतमा सहज भएको छ ।

तपाइँको प्रतिक्रिया
Array