सल्यानबाट १ वर्षमा तीन करोड ६० लाखको खोटो निकासी
सल्यानबाट एक वर्षको अवधिमा साढे तीन करोड रुपैयाँको खोटो निर्यात भएको छ। जिल्लामा रहेका विभिन्न सामुदायिक वनमा आर्थिक वर्ष २०७५/७६ मा संकलन गरिएको खोटो तीन करोड ६० लाख रुपैयाँमा बिक्री गरिएको हो।
जिल्लामा रहेका चार सयभन्दा बढी सामुदायिक, राष्ट्रिय र कवुलियती वनमा विभिन्न कम्पनीले खोटो निकाल्दै आइरहेका छन्। गत आर्थिक वर्ष एक लाख ५० हजारभन्दा बढी खोटोको टिन निकासी भएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ। प्रतिटिन २०४ रुपैयाँका दरले बिक्री भएको डिभिजन वन कार्यालय सल्यानमा प्रमुख थिरबहादुर कार्कीले जानकारी दिए। पहिलेको तुलनामा खोटोको माग क्रमशः घट्दै जान थालेको कार्कीले बताए। बजारमा खोटोको माग घट्दै जाँदा खोटो संकलन गर्ने कम्पनीहरु पनि विस्थापित हुन थालेको उनको भनाइ छ। खोटोलाई कागज चिल्लो पार्न, रङ, गम, अगरबत्ती, साबुनमा रोजिन प्रयोग गर्न, श्रृंगारका सामग्री, रबर आदिमा प्रयोग गरिन्छ।
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम






