सल्यानको रागेचौरमा बाली विज्ञान पढाइदै
सल्यान । सल्यानको रागेचौरमा यो बर्ष देखि वाली विज्ञान पढाइ हुने भएको छ । गाउँपालिकाको केन्द्रमा रहेको जनता माध्यमिक विद्यालयमा कक्षा (९–१२) जेटिए तहको प्राविधिक धारको शिक्षण हुने भएको हो । शैक्षिक सत्रको ३ महिना वितेपनि अन्य अनिवार्य विषय उनै हुने भएकाले बाली विज्ञानका विषयमा यसै महिनामा भर्ना लिई कक्षा पनि यसै महिनाबाट संचालन गरिने विद्यालयका शिक्षक नन्दराम भारतीले जानकारी दिएका छन । ‘शिक्षामा नयाँपन व्यवहारमा परिवर्तन’ भन्ने मुल भनाईका साथ अहिले विद्यालयले विद्यार्थी भर्ना अभियान चलाएको छ । विद्यालयमा सुरक्षीत छात्रावासका साथै २४ सै घण्टा बत्ती तथा पानी र वाइफाइ तथा कम्प्युटरकोे पनि व्यवस्था भएकाले रोजाईमा पार्न विद्यार्थी तथा अविभावकमा अपिल गरिएको छ । स्थानिय सरकार बनेको २ बर्षमा कुमाख गाउँपालिकाको केन्द्र रागेचौर पनि अव अन्य क्षेत्रको जस्तै विकास दिशामा फड्को मारेकाले यी विषय अध्यापन गराउन सहज हुने र अन्य पहुच तथा प्रभावमा परेका जिल्लाका नामी विद्यालयसंग प्रतिस्पर्धा गर्न सकिने शिक्षक भारतीको धारणा छ । विद्यालयको व्यवस्थापन तथा शैक्षिक नेतृत्वमा युवा नेतृत्व भएकाले पनि शिक्षामा नयाँपन दिन सकिने उनले बताए । हाल विद्यालय व्यवस्थापन समिति अध्यक्षमा इमान्दारीताको छवी बनाएका लालबहादुर रावत र प्रधानाध्यापकमा उत्कृष्ट शिक्षक नोख बहादुर गोसाई छन । स्थापनाकालमा रुकुम, जाजरकोट, बन्गाड तथा दार्मा सम्मका विद्यार्थीलाई शिक्षित बनाएको सल्यान उत्तरपश्चिमको पुरानो विद्यालय जनता माध्यमिक विद्यालयले हजारौ दक्ष जनशक्ती उत्पादन गरेको छ ।
Source : Online Tahalka
- जन्मदिनको फजुल खर्चले शैक्षिक सामग्री
- त्रिवेणीमा नेपाल निजामती कर्मचारी युनियन गठन
- समाजका लागि काम गर्नुपर्छ जन्मप्रति पश्चाताप हैन: अध्यक्ष रावत
- सल्यानको त्रिवेणीमा वडामै योजना सम्झौता
- सल्यानमा ट्याटर दुर्घटना हुँदा चालकको मृत्यु
- तुल्सी अस्पतालको आयोजनामा निशुल्क बाल स्वास्थ्य शिविर सम्पन्न : २ सयले लिए सेवा