पुर्व विद्यार्थीद्धारा आफु पढेको विद्यालयका बिद्यार्थीहरुलाई पोषाक वितरण
सल्यानको त्रीवेणी गाउँपालिका वडा नं ४ जन्मघर भइ हाल पोखरा महानगरपालिका वडा नं १४ निबासी लिलाधर भण्डारीको नाति , बुवा मोति प्रसाद भण्डारी र आमा भिम कुमारी भण्डारीका छोरा सन्तोष भण्डारीले नेपाल राष्ट्रिय माध्यामिक बिद्यालय रेख फलाबाङका गरिब, जेहन्दार, असहाय र अनुशासित २३ जना बिद्यार्थीहरुलाई बिद्यालय पोसाक बितरण गर्नुभएको छ । साथै उक्त कार्यक्रममा दाइ सुशील भण्डारी,दिदी कुसुमा भण्डारी के सी, भाइहरु कमल,कपिल,केदार भण्डारी ,बहिनी सृजना भण्डारी खडका हाल जापान बाट पनि सहयोग गर्नुभएको थियो । सहयोगी दाताप्रति विद्यालयका प्रधानाध्यापक गोवर्धन रेउलेले धन्यवाद ब्यक्त गर्नुभएको थियो ।
विद्यालयलका जानकारी अनुसार ३० हजार रूपैयाँ बराबरको पोशाक वितरण गरिएको हो ।
कार्यक्रममा बोल्दै वडाअध्यक्ष छबिराज शर्माले पछिल्लो समय सामुदायिक विद्यालयहरुको अवस्थामा समेत सुधार आएर भौतिक पूर्वाधार, प्रविधि र पठनपाठनको गुणस्तरमा व्यवस्थित र अव्वल हुँदै आएकोमा यस्तो किसिमको सहयोग विद्यार्थीको लागी महत्वपूर्ण रहेको बताउनु भयो ।
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह