बसको ठक्करबाट मोटरसाइकल चालक छत्रेश्वरीका अजय वलिको मृत्यु
सल्यानमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
बिहीबार दिउँसो सल्यानको शंखमुल नजिकै बसले ठक्कर दिँदा मोटरसाइकल चालक छत्रेश्वरी गाउँपालिका ३ पालेखोला निवासी अन्दाजी १९ वर्षीय अजय वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
सल्यान श्रीनगरबाट त्रिवेणी गाउँपलिकाको काभ्रा जाँदै गरेको लु २ ख १२२२ नम्बरको बसले बिपरित दिशाबाट गइरहेको रा ५प ३०४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते वलीको थप उपचारका लागि सल्यान जिल्ला अस्पताल ल्याउँदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनु भयो ।
ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको र आवश्यक अनुसन्धानको कार्य अघि बढाएको प्रहरीको भनाई छ ।
तपाइँको प्रतिक्रिया
[gs-fb-comments]
पछिल्लो अपडेट
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
धेरैले पढेको






