सल्यानको त्रिवेणीमा ५ सिम्कमा पशु स्वास्थ्य शिविर सम्पन्न । ५ हजार ७ सय बढी पशुचौपायाको उपचार
सल्यानको त्रिवेणी गाउँपालिकाले पशुपन्छी सेवालाई किसानको घरदैलोमा पुर्याउने उद्देश्य अनुरुप एकै दिन ५ हजार ७ सय बढी पशुचौपायाको उपचार सहित औषधि वितरण गरिएको छ ।
मंगलबार गाउँपालिकाले वडा नम्बर ५ स्थित सिम्कमा सञ्चालन गरेको निःशुल्क पशु स्वास्थ्य शिविरमा २ सय १२ जना कृषकहरुका पाँच हजार ७०८ पशुपन्छीलाई औषधि वितरण संगै ४९ कुकुरलाई रेविज विरुद्धको खोप लगाइएको पशु विकास शाखाका प्रमुख वसन्त रावतले जानकारी दिनुभयो ।

उहाँ अनुसार एकै दिन दुई हजार ६४३ बाख्रा, दुई हजार ८८९ कुखुरा, १३७ गाई गोरु र ३९ भैँसीलाई निःशुल्क औषधि विरण गरिएको छ भने ४९ कुकुरलाई रेविज विरुद्धको खोप लगाइएको हो ।
वडा नम्बर ५ का वडा अध्यक्ष विमल रावतको अध्यक्षतामा शिविरको उद्घाटन गरिएको थियो । शिविर उद्घाटन गर्दै त्रिवेणी गाउँपालिकाका अध्यक्ष खिम बहादुर रावतले पशुपन्छी विकास शाखाको सेवाबाट टाढा रहेका वस्तीहरुमा गाउँपालिकाले पशु स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको बताउनुभयो ।



- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम






