त्रिवेणी गाउँपालिकामा गुडिया निर्माण तथा मुडा बनाउने तालिम समापन ।
सल्यानको त्रिवेणी गाउँपालि महिला तथा बालबालीका शाखाको आयोजनामा १२ दिने गुडिया निर्माण तथा मुडा बनाउने तालिम लुहाममा सम्पन्न भएको छ । पालिका भित्रका ६ वटै वडाका २४ जनाले उक्त तालिममा सिप सिकेका छन । तालिमहरुले सिकेका कुराहरु व्यवहारमा लागु गरी आफ्नो व्यापार बृद्धि गर्ने सहभागीहरुले बताएका थिए । आगामी दिनहरुमा पनि पालिकाले यस्तै किसिमका तालिमहरु संचालन गर्नुपर्ने उनिहरुले जोड दिएका थिए ।
तालिम प्रभावकारी भएको र यस व्यवसायलाई व्यवस्थित रुपमा अगाडी बढाउदै गएमा महिलाहरु आर्थिक रुपमा सक्षम हुने उपाध्यक्ष सिता खड्का पुनले बताउनु भयो । पालिकामा भएका महिलाहरुको आयस्तर बृद्धि गर्नुका साथै , महिलाहरुलाई आत्मनिर्भर बनाउन तालिमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले बताउनु भयो । तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागु गरि व्यवसाय गर्न सके पालिकाले बजार व्यवस्थापनको काम गरिदिने पनि उहाँले बताउनु भयो ।
समापन समारोह कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष खिम बहादुर रावत, उपाध्यक्ष सिता खड्का पुन, वडा नं. ४ का वडा अध्यक्ष छबिराज शर्माको उपस्थीती रहेको थियो । कार्यक्रमको संचालन महिला तथा बालबालिका शाखा प्रमुख बसन्ता ओलीले गर्नुभएको थियो ।
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा