त्रिवेणी गाउँपालिकामा गुडिया निर्माण तथा मुडा बनाउने तालिम समापन ।

१९ माघ २०७९, बिहीबार १७:१४ मा प्रकाशित
[Sassy_Social_Share total_shares="ON"]

सल्यानको त्रिवेणी गाउँपालि महिला तथा बालबालीका शाखाको आयोजनामा १२ दिने गुडिया निर्माण तथा मुडा बनाउने तालिम लुहाममा सम्पन्न भएको छ । पालिका भित्रका ६ वटै वडाका २४ जनाले उक्त तालिममा सिप सिकेका छन । तालिमहरुले सिकेका कुराहरु व्यवहारमा लागु गरी आफ्नो व्यापार बृद्धि गर्ने सहभागीहरुले बताएका थिए । आगामी दिनहरुमा पनि पालिकाले यस्तै किसिमका तालिमहरु संचालन गर्नुपर्ने उनिहरुले जोड दिएका थिए ।
तालिम प्रभावकारी भएको र यस व्यवसायलाई व्यवस्थित रुपमा अगाडी बढाउदै गएमा महिलाहरु आर्थिक रुपमा सक्षम हुने उपाध्यक्ष सिता खड्का पुनले बताउनु भयो । पालिकामा भएका महिलाहरुको आयस्तर बृद्धि गर्नुका साथै , महिलाहरुलाई आत्मनिर्भर बनाउन तालिमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले बताउनु भयो । तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागु गरि व्यवसाय गर्न सके पालिकाले बजार व्यवस्थापनको काम गरिदिने पनि उहाँले बताउनु भयो ।
समापन समारोह कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष खिम बहादुर रावत, उपाध्यक्ष सिता खड्का पुन, वडा नं. ४ का वडा अध्यक्ष छबिराज शर्माको उपस्थीती रहेको थियो । कार्यक्रमको संचालन महिला तथा बालबालिका शाखा प्रमुख बसन्ता ओलीले गर्नुभएको थियो ।

 

तपाइँको प्रतिक्रिया
[gs-fb-comments]

हाम्रो टीम


प्रबन्धक/सम्पादक
उत्तर कुमार साहु
रिपोर्टर
गणेश चन्द
संगम बिहानी
समिक्षा के.सी.
कुमार साहु
फोटोग्राफर

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu