त्रिवेणी गाउँपालिका वडा नं. ६ ले गर्याे ७० जना जेष्ठ नागरिक र पुर्ण अपाङ्गता भएको व्यक्तिलाई सम्मान
सल्यानको त्रिवेणी गाउँपालिका वडा नं. ६ ले ७२ वर्ष माथिका जेष्ठ नागरिक र पुर्ण अपाङ्गता भएको व्यक्तीहरुलाई सम्मान गरेको छ । विहिवार एक कार्यक्रम गर्दै वडाले ७० जनालाई फाईबर सिरक, दोसल्लाले सम्मान गरेको हो । जेष्ठ नागरिकको समग्र रुपमा आत्मसम्मान मर्यादा एंव सहभागितामुलक काममा अग्रसरता बढाउने र आफ्नो सक्रिय जीवनमा रमाएर विताएका अमूल्य अनुभव ज्ञान र सिपहरु नयाँ पुस्तालाई हस्तान्तरण गर्ने अभियानमा महत्वपुर्ण योगदान पु¥याएको भन्दै वडाले सम्मान गरेको गरेको हो । गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले पुरानो पुस्ताका ब्यक्तीहरुबाट आफुले धेरै कुरा सिकेको बताउनु भयो साथै आगामि जिवन सामाजिक क्षेत्रमा सक्रियता रहिरहोस भन्ने शुभकामना राख्नु भएको थियो । कार्यक्रममा उपाध्यक्ष सिता खड्का पुन लगायत वडा सदस्यहरुको सहभागीताको रहेको थियो । वडाअध्यक्ष मनोज शाहको अध्यक्षतामा भएको कार्यक्रमको संचालन वडासचिव दिपक गौतमले गर्नुभएको थियो ।
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम











