त्रिवेणी गाउँपालिका वडा नं. ६ ले गर्याे ७० जना जेष्ठ नागरिक र पुर्ण अपाङ्गता भएको व्यक्तिलाई सम्मान

   
त्रिवेणी अनलाइन
५ माघ २०७९, बिहीबार १७:५९ मा

सल्यानको त्रिवेणी गाउँपालिका वडा नं. ६ ले ७२ वर्ष माथिका जेष्ठ नागरिक र पुर्ण अपाङ्गता भएको व्यक्तीहरुलाई सम्मान गरेको छ । विहिवार एक कार्यक्रम गर्दै वडाले ७० जनालाई फाईबर सिरक, दोसल्लाले सम्मान गरेको हो । जेष्ठ नागरिकको समग्र रुपमा आत्मसम्मान मर्यादा एंव सहभागितामुलक काममा अग्रसरता बढाउने र आफ्नो सक्रिय जीवनमा रमाएर विताएका अमूल्य अनुभव ज्ञान र सिपहरु नयाँ पुस्तालाई हस्तान्तरण गर्ने अभियानमा महत्वपुर्ण योगदान पु¥याएको भन्दै वडाले सम्मान गरेको गरेको हो । गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले पुरानो पुस्ताका ब्यक्तीहरुबाट आफुले धेरै कुरा सिकेको बताउनु भयो साथै आगामि जिवन सामाजिक क्षेत्रमा सक्रियता रहिरहोस भन्ने शुभकामना राख्नु भएको थियो । कार्यक्रममा उपाध्यक्ष सिता खड्का पुन लगायत वडा सदस्यहरुको सहभागीताको रहेको थियो । वडाअध्यक्ष मनोज शाहको अध्यक्षतामा भएको कार्यक्रमको संचालन वडासचिव दिपक गौतमले गर्नुभएको थियो ।

तपाइँको प्रतिक्रिया
Array