आफ्नो जन्मदिनको अबसरमा शैक्षिक सामाग्री वितरण
सल्यान । सल्यानका एक युवकले आफ्नाे जन्मदिनमा विद्यार्थीलाइ शैक्षिक सामाग्री सहयाेग गरेका छन् । सल्यान दृष्टिकोण नामक फेसबुक पेज चलाउने ज्ञानेन्द्र पुन (पाटे बाघ)ले “सबैको लागि शिक्षा पढेर लेखेर मात्र देशको मुहार फेरिन्छ” भन्ने नारा संगै आफ्नाे जन्मदिनकाे अवसरमा विद्यार्थीलाइ सहयाेग गरेका हुन् । जिल्लाकाे शारदा नगरपालिका १३ चलाउनेपानी मा रहेको बालकल्यान प्राथमिक विद्यालयका गरिब तथा जेहन्दार विद्यार्थीलाई उक्त सामाग्री सहयाेग गरेकाे उनले बताए । जन्मदिनमा गरिने फजुल खर्चलाई कटाएर उनले गरिब तथा जेहन्दार विद्यार्थीलाई 12 दर्जन कापी, 10 दर्जन कलम र मोजा ३० पिस 12 टोपी लगाएतका सामाग्री वितरण गरेकाे बताए । युवाले समाज परिवर्तन गर्नु पर्छ भन्ने उदेश्यले आफ्नो जन्म ठाँउमा रहेको विद्यालयका गरिब जेहन्दार विद्यार्थीलाई पढाइमा केहि टेवा पुगोस् भनेर सहयाेग गरिएकाे उनले बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानध्यापकको सभाअध्यक्षमा भएकाे सहयाेग हस्तान्तरण गरिएको थियो। सल्यान जिल्लाकाे नामसँग जाेडिएर चलेकाे सल्यान दृष्टिकोण नामकाे उक्त पेजमा सल्यानका धेरै युवाहरु जाेडिएर सल्यान जिल्ला चिनाउने विभिन्न खाले सामाग्रीहरु पाेष्ट गर्ने गर्दछन् ।
- राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको अध्यक्षमा वुढाथोकी
- त्रिवेणी गाउँपालिका र सामुदायिक वन उपभोक्ता समितिहरुविच अन्तरक्रिया सम्पन्न
- शारदा नगरपालिका सल्यानद्वारा आधिकारीक लोगो सार्वजनिक
- त्रिवेणी गाउँपालिकाका ८ सय २ किशोरीलाई एचपिभी खोप लगाइदैँ
- त्रिवेणी गाउँपालिका स्तरीय छैठौं अध्यक्ष कप तथा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्नः उपाधी सरस्वती मा.वि सिम्कलाई
- जन्मदिनको फजुल खर्चले शैक्षिक सामग्री