त्रिवेणी गाउँपालिकाको बाह्रौँ गाउँ सभा सम्पन्न
गाउँ सभाले विभिन्न चार कार्यविधि पास गरेको छ । जसमा करार कर्मचारी व्यवस्थापन कार्यविधि, उपभोक्ता समिति गठन, परिचालन कार्यविधि, स्वास्थ्य संस्था दर्ता, अनुमति, तथा नवीकरण निर्देशिका र लैगिंक समानता तथा सामाजिक समावेशीकरण नीति र रणनीतिक योजना २०७९ र ०८० देखि ०८३ र ०८४ रहेको त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर बुढाले जानकारी दिनु भयो ।
१२ औ गाउँसभामा पेश भएका प्रस्थावित संशोधित योजना तथा कार्यक्रमहरुमा ३१ मध्ये डुगिंबगर मख्खनटाकुरी सडक समपुरकमा १ करोड रुपैया, वडा नं. ६ कार्यालयको भवन निर्माण गर्न ४० लाख, गाउँपालिका स्तरिय सडक मर्मत गर्न १० लाख, भू–उपयोग योजना तयार गर्न ५ लाख तथा विभिन्न लागत साझेदारी कार्यक्रम अन्र्तगत १५ लाख बजेट पास गरेको छ ।
सभामा वडा नं. ४ वडाअध्यक्ष छबिराज शर्मा, वडा नं. १ का वडाअध्यक्ष दल बहादुर बस्नेत, वडा नं. ३ का वडाअध्यक्ष कर्णदेव डांगी, वडा नं. ४ का वडासदस्य कुल बहादुर पुनले बोल्नु भएको थियो ।
पालिकाले आ.व. २०७९।८० मा चालु २८ करोड ३८ लाख ६ हजार मध्ये ८ करोड ४४ लाख ३० हजार ३ सय ६४ रुपैया ३० प्रतिशत खर्च गरेको छ भने पुंजिगत १७ करोड १० लाख ३७ हजार ९ सय ८७ प्राप्त बजेटमध्ये ४० लाख ७४ हजार ३७ मात्र ३ प्रतिशत खर्च गरेको छ ।
प्रस्तुत गरेका विधेयकहरुबारे छलफल पछि गाउँ सभा अध्यक्ष रावतले गाउँ सभामा प्रस्तुत गरेको विधेयकहरु गाउँ सभाका सदस्यहरुले ताली बजाएर सर्वसहमतबाट पारीत गरेका थिए । गाउँ सभामा अध्यक्ष रावतले अहिलेसम्म गाउँपालिकामा भएका बिकास निर्माण सम्बन्धि गतिविधिहरु बारेमा प्रतिबेदन पढेर सुनाउनु भएको थियो ।
- आफुहरुलाई नढोगेको भन्दै सल्यानमा दुईजना युवाले कुटपिट गर्दा एक युवकको मृत्यु
- इजरायल आक्रमणमा सल्यानका ३ जना परे, एक जनाकाे मृत्यु
- सल्यान त्रिवेणीका २ जना दाङमा मृत अवस्थामा फेला
- त्रिवेणी देखि दाङ जोड्ने द्रुत मार्ग बारे छलफल
- सल्यानमा जिप दुर्घटना २ जनाको मृत्यु १७ जना घाइते
- सल्यानको कपुरकोटमा जिप दुर्घटना हुदा दुईजनाको मृत्यु, एकजना घाइते