त्रिबेणी गाउँपालिकाद्धारा कृषकहरुलाई घाँस बितरण

   
त्रिवेणी अनलाइन
१ कार्तिक २०७९, मंगलवार १५:३६ मा

सल्यान
कृषकहरुको पशुपालनमा आकर्षण बढाउनको लागी तथा आयआर्जनमा बृद्धि गर्नको लागी सल्यानको त्रिबेणी गाउँपालिका पशु शाखाको आयोजनामा कृषकहरुलाई घासको बिउ बितरण गरिएको छ । पशुपालन गरिरहेका १ सय ७ जना कृषकहरुलाई १२ क्विन्टल जै घासको बिउ बितरण गरिएका हो ।
यस्तै ढेड क्विन्टल वर्षिम जातको घासको बिउ बितरण गरेको पशु शाखा प्रमुख बसन्त रावतले बताउनु भयो । त्रिबेणी गाउँपालिका अध्यक्ष खिम बहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राम बहादुर बुढा, वडा नं. २ का वडाअध्यक्ष हस्त बहादुर राम्जा लगायतकाको उपस्थीतीमा कृषकहरुलाई घाँसको बिउ बितरण गरिएको हो ।

No description available.

No description available.No description available.

तपाइँको प्रतिक्रिया
Array