गरगहना र नगद रकम चोरेको आरोपमा सल्यानको श्रीनगरबाट एक जना पक्राउ
भदौ २८, सल्यान ।
सल्यानको शारदा नगरपालिका वडा न. ३ खलंगा थापागाँउ स्थित धनुमाँया श्रेष्ठको घरबाट सुनको गरगहना र नगद रकम चोरि गर्ने एकजना ब्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
हिजो दिउँसो करिब ३ बजे चोरी भएको भन्ने सूचना प्रहरीलाई प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरी टोलिले सो चोरीमा संलग्न दाङ जिल्ला तुलसीपुर उप-महानगरपालिका वडा न.३ रक्षाचौर बस्ने २१ वर्षिय दिपेश डाँगीलाई नियन्त्रणमा लिएको हो ।
तिलहरी १ थान सहित नगद रु २ हजार छ सय सहतर रुपैया सहित हिजो साझँ ५ बजे श्रीनगर स्थित रुकुमचोक बाट प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
धनुमाँया श्रेष्ठले चोरी सम्बन्धि किटानी जाहेरी दिएपछि उक्त चोरी सम्बन्धी कसुरमा जिल्ला अदालत सल्यानबाट ६ दिनको म्याद थप गरि अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
तपाइँको प्रतिक्रिया
[gs-fb-comments]
पछिल्लो अपडेट
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
धेरैले पढेको






