कर्मचारीको करार सम्झौता नवीकरण नहुने

२९ असार २०७९, बुधबार १४:३४ मा प्रकाशित

कमल शर्मा

दैलेख, असार २९ गते । स्थानीय सरकारले आवश्यकताभन्दा आफ्ना निकटलाई जागिर खुवाउन मात्र करार कर्मचारी नियुक्त गरेको भन्दै जिल्लाको ठाटिकाँध गाउँपालिकाले करारमा नियुक्त कर्मचारीको करार सम्झौता नवीकरण नगर्ने जनाएको छ । गाउँपालिकाको  बैठकले करार कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद उपाध्यायद्वारा जारी गरिएको सूचनामा प्राविधिक शाखाका सबइन्जिनियर र जिविसबाट हाजिर हुन आएका प्राविधिक कर्मचारी बाहेकका सबै कर्मचारी, पोषण शाखाका कर्मचारी, उद्यम विकास शाखा प्रमुख बाहेक सबै कर्मचारी, हलुका सवारी चालकका एम्बुलेन्स चालकबाहेक सबै, इलेक्ट्रिसियन कर्मचारी, सामुदायिक स्वास्थ्य एकाई प्याडुली इन्चार्ज र ज्यालादारीमा कार्यरत कर्मचारीको करार सम्झौता नगर्ने उल्लेख गरिएको छ ।

२०७४ को स्थानीय निर्वाचनमा नेकपा (एमाले) ले गाउँपालिका अध्यक्ष–उपाध्यक्षलगायत अधिकांश वडामा विजयी हुँदा करारमा राखेका कर्मचारी, नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएका रक्षाबहादुर शाहीले करार सम्झौता नवीकरण नगर्ने बताउनुभएको छ ।

गाउँपालिकाका अध्यक्ष शाहीले गाउँपालिकाको आर्थिक व्ययभार, कर्मचारीको कामप्रतिको लगाव हेरेर केही करार कर्मचारीको करार सम्झौता नवीकरण नगर्ने र केहीको तीन महिना मात्र करार सम्झौता गर्ने बताउनुभयो । स्थानीय तहको निर्वाचनमा पार्टीको झन्डा बोक्ने कर्मचारीको करार नवीकरण नगर्ने गाउँपालिकाले जनाएको छ ।

शाहीले गलत काम गर्ने जुनसुकै पार्टीका भए पनि गाउँपालिकाले करार सम्झौता नवीकरण नगर्ने बताउनुभयो । दैलेखका ११ स्थानीय तहमध्ये करारमा नियुक्त गरेको कर्मचारीको म्याद थप नगर्ने ठाटिकाँध गाउँपालिका पहिलो बनेको छ ।

Facebook Comments Box
तपाइँको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टीम


प्रबन्धक/सम्पादक
उत्तर कुमार साहु
रिपोर्टर
गणेश चन्द
संगम बिहानी
समिक्षा के.सी.
कुमार साहु
फोटोग्राफर

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu