सल्यानमा १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

   
त्रिवेणी अनलाइन
२४ असार २०७९, शुक्रबार १४:०६ मा
[Sassy_Social_Share total_shares="ON"]

सल्यानमा १४ वर्षीया एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दुई युवक पक्राउ परेका छन्।

जाजरकोटको भेरी नगरपालिका वडा नं। २ का २२ वर्षीय रमेश भण्डारी र १९ वर्षीय डिल्ली बस्नेत पक्राउ परेका हुन।

रमेश र डिल्लीले गत असार २२ गते राति सल्यान जिल्लाको कुमाख गाँउपालिका वडा नं। १ शान्तिबजारस्थित ठूली आमाको घरमा सुत्न गएकी १४ वर्षीया बालिकालाई मध्यरातमा जबरजस्ती करणी गरेको उजुरीको आधारमा पक्राउ गरिएको सल्यानका प्रहरी प्रमुख डिएसपी सुमित खड्काले त्रिवेणी अनलाइनलाई बताए।

पीडितकी दिदी साथीको घरमा गएको मौका छोपी ढोका खुल्लै रहेको समयमा राति ११ बजेतिर उनीहरू घरभित्र छिरेर मुख कपडाले छोपी जबरजस्ती करणी गरेको भन्ने खुल्न आएको डिएसपी खड्काले जानकारी दिए।

‘बलात्कारमा संलग्नहरू मुखमा नकाब लगाएर गएको र घरेलु हतियार हँसिया देखाएर ज्यान लिने धम्की दिएर जबरजस्ती करणी गरेको भन्ने छ,’ डिएसपी खड्काले भने, ‘पीडित बालिकाले मरेको नाटक गरेपछि उनीहरू छोडेर भागेका रहेछन्।’

घटनापछि बालिकाले हारगुहार माग्दा ठूली आमा ब्युँझिएको र उनैले बिहीबार बिहान साढे २ बजे प्रहरीलाई घटनाबारे खबर गरेपछि राति नै प्रहरी परिचालन भए पनि आरोपितलाई भागेको हुँदा फेला पार्न नसकेको डिएसपी खड्काले जानकारी दिए।

घटनास्थल दुई जिल्लाको सीमानास्थल भएको हुँदा एक जिल्लाबाट अर्को जिल्ला जान सहज रहेको र राति नै उनीहरू भागेर जाजरकोट पुगेको डिएसपी खड्काले बताए।

‘पहिला त अज्ञात समूहले बालिकामाथि सुतिरहेको समयमा घरभित्रै घुसेर फिल्मी शैलीमा बलात्कार गरेको भन्ने सूचना दिइएको थियो,’ डिएसपी खड्काले भने, ‘पछि अनुसन्धान गर्दै जाँदा मात्रै जाजरकोट प्रहरीको सहयोगमा पहिला भण्डारीलाई पक्राउ परेपछि बस्नेतलाई पनि पक्राउ गर्न सहज भएको हो।’

डिएसपी खड्काका अनुसार बलात्कारमा संलग्न युवाहरू पीडित बालिकाकी दिदीका साथीहरू रहेको खुल्न आएको छ। उनकी दिदी पनि नाबालिक नै रहेको तर, उनीहरू साथीहरू रहेको खुल्न आएको डिएसपी खड्काले बताए।

‘प्रहरीलाई घटना अनुसन्धान गर्न निकै गाह्रो भयो,’ डिएसपी खड्काले भने, ‘मध्यरातमा अज्ञात समूहबाट सामूहिक बलात्कार भएको भन्ने कुराको सूचना आउनासाथ प्रहरीले राति नै एक्सन लिएर खोजी सुरू गरेको हो।’

आरोपितबारे कुनै सुराक नमिलेपछि दोस्रो दिन असार २३ गते बिहान पीडितकी दिदीलाई सोधपुछ गर्ने क्रममा उनीहरूलाई बिहीबार बिहान आफूले शान्तिबजारमा देखेको कुरा गरेपछि त्यहीबाट अनुसन्धान सुरू गरिएको डिएसपी खड्काले बताए।

घटना अनुसन्धानका लागि सुरूमा जाजरकोट प्रहरीको सहयोगमा भण्डारीलाई नियन्त्रणमा लिएपछि १४ वर्षीया बालिकामाथि भएको सामूहिक बलात्कारबारे पोल खुलेको डिएसपी खड्काले बताए।

पक्राउ परेका रमेश र डिल्लीलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न शुक्रबार जिल्ला अदालतबाट पाँच दिन म्याद थप भएको प्रहरीले जनाएको छ।

तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक
उत्तर कुमार साहु
सम्पादक
गणेश चन्द

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9845578104, 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu