कृषकको उत्पादन, गाउँपालिकाको अनुदान १ सय ७७ कृषकलाई

   
त्रिवेणी अनलाइन
१९ असार २०७९, आईतवार १९:३८ मा
[Sassy_Social_Share total_shares="ON"]

सल्यानको त्रिबेणी गाउपालिकाले किसानहरुलाई अनुदान वितरण गरेको छ । कृषकको उत्पादन गाउँपालिकाको अनुदान कार्यक्रम अन्तर्गत गाउपालिका भित्र दुध, खसीबोका र अन्डा उत्पादन गर्ने गर्ने १ सय ७७ जना कृषकहरुलाई अनुदान वितरण गरिएको हो । यस अन्र्तगत यस बर्ष गाउपालिका भित्र तरकारी खेती गरेका कृषकहरुलाई २४ सय क्विन्टल तरकारी उत्पादन गरेवापत ३९ जनालाई २ लाख ३० हजार, फलफुल खेतीमा १८ सय क्विन्टल उत्पादन गर्ने ५९ जनालाई २ लाख ७३ हजार रुपैया प्रदान गरेको छ । यस्तै दुध उत्पादन तर्फ १५ जना कृषकहरुलाई ४ लाख ४ हजार ३ सय १५, खसी बोका उत्पादन गर्ने ४३ जना कृषकहरुलाई १ लाख ५४ हजार रुपैया तथा अन्डा उत्पादन गर्ने १ जना कृषकलाई ४५ हजार रुपैया प्रदान गरिएको पशु शाखा प्रमुख बसन्त रावतले बताउनु भयो ।


कृषकले गरेको उत्पादनको बजारीकरण गर्ने, प्रतिइकाई उत्पादनको आधारमा अनुदान प्रदान गर्ने, उनीहरुलाई प्रोत्साहन गर्ने, रोजगारी प्रदान गर्ने र कृषकको जीवनस्तरमा सुधार ल्याउने उद्धेश्यले अनुदान वितरण गरिएको गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले बताउनु भएको छ ।
अनुदान गाउँपालिका अध्यक्ष खिम बहादुर रावत, प्रमुख प्रशासकीय अधिकृत बसुन्धरा पुन, ४ नम्बर वडा अध्यक्ष छबी शर्माले गर्नुभएको थियो । त्यसै गरि ७५ जना कृषकरुलाई बर्षे घासका बेर्ना स्मार्ट नेपियर, सुपर नेपियर, किम्बु, टाकी, मेन्दोला बितरण पनि गरिएको थियो । यस्तै २० वटा समुह, सहकारी र फार्महरुलाई बिमा प्रिमियम मा ५० प्रतिशत अनुदान कार्यक्रम अन्तर्गत १ लाख ४२ हजार ९ सय ५७ रुपैयाँ अनुदान रकम बितरण गरिएको कृषि शाखा प्रमुख लक्ष्मी चन्द बबालले बताउनु भयो ।

तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक
उत्तर कुमार साहु
सम्पादक
गणेश चन्द

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9845578104, 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu