आइतबारदेखि हराइरहेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ।
आइतबारदेखि हराइरहेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले दिएको जानकारीअनुसार मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ मा जहाज दुर्घटनाग्रस्त अवस्थामा आज बिहान फेला परेको हो।
सम्पर्कविहीन जहाज खोजीका लागि गएको सेनाको टोलीले दुर्घटनाग्रस्त अवस्थामा रहेको जहाज देखेका छन्। जहाज दुर्घटनाग्रस्त भएका ठाउँमा सुरक्षाकर्मीलाई परिचालन गरिएको छ।
‘शनिश्चरे भन्ने स्थानमा जहाज दुर्घटनाग्रस्त भएको अवस्थामा फेला परेको छ,’ सैनिक प्रवक्ता सिलवालले भने।
आइतबार बिहान ९स्५५ मा पोखराबाट उडेको जहाज १०स्१५ मा मुस्ताङको जोमसोम विमानस्थलमा अवतरण गर्नुपर्ने थियो। तर १०स्०७ बजेदेखि जहाज सम्पर्कविहीन थियो।
तारा एयरको ९ एन एइटी जहाज मुस्ताङको आकाशमा पुगिसकेपछि १० बजेर ७ मिनेटमा अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग सम्पर्कमा आएको थियो।
जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए। जहाजमा चालक दलका दुई जना अन्य सदस्य र १९ यात्रु थिए।
जहाजमा २ जना जर्मन, चार भारतीय र १३ नेपाली यात्रु थिए।
- किसान सुचिकरण कार्यक्रमको समिक्षा तथा अभिमुखिकरण गोष्ठी त्रिवेणीमा सम्पन्न
- आइतबारदेखि हराइरहेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ।
- नेपाल निजामती कर्मचारी युनियन त्रिवेणी गाउँपालिका सल्यानद्वारा जनप्रतिनिधिहरुलाई बिदाई तथा स्वागत कार्यक्रम सम्पन्न
- मुस्ताङको घाँसामा दुर्घटनाग्रस्त अवस्थामा भेटियो हराइरहेको जहाज
- हराएको तारा एयरको विमानमा १६ नेपाली र ६ विदेशी
- सल्यानमा नुहाउने क्रममा पानीमा डुवेर मृत्यु