मुस्ताङको घाँसामा दुर्घटनाग्रस्त अवस्थामा भेटियो हराइरहेको जहाज
हराइरहेको तारा एयरको ९ एन एईटी कल साइनको ट्वीनअटर जहाज भेटिएको छ ।
जहाज दुर्घटनाग्रस्त अवस्थामा मुस्ताङको घाँसा नजिकै टीटी भन्ने स्थानमा भेटिएको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज शर्मा कँडेलले जानकारी दिए ।
जहाज भेटिएको स्थानमा हेलिकप्टर परिचालन भइरहेको पनि उनले बताए ।
यता जिल्ला प्रशासन कार्यालय मुस्ताङमा शाखा अधिकृत देवेन्द्रराज पाण्डेले भने हालसम्म ९१२ बजे० जहाज भेटिएको भन्ने सूचना नआएको बताएका छन् ।
पोखराबाट मुस्ताङको जोमसोम लागि उडेको तारा एयरको जहाज दुई वटा उडान सकेर तेस्रो उडान गर्दैगर्दा घोडेपानी क्षेत्रको लेतेबाट हराएको थियो ।
जहाज ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोमका लागि उडेको थियो । यो जहाज १० बजेर ७ मिनेटदेखि विमास्थलको सम्पर्क टुटेको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार विमानमा चालक दलका ३ सदस्य, ४ भारतीयसहित ६ विदेशी र १३ नेपाली यात्रु सवार थिए ।
Source : Lokantar
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।







