शारदा नगरपालिकाद्धारा वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण शुरु

   
त्रिवेणी अनलाइन
१४ जेष्ठ २०७९, शनिबार १२:१० मा
[Sassy_Social_Share total_shares="ON"]

सल्यानको शारदा नगरपालिकाले नगरभित्रका सबै वडा कार्यालयबाट नै सामाजिक सुरक्षा भत्ता वितरण गर्न शुरु गरेको छ । नगरभित्रका अति अशक्त, जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई मध्यनजर गर्दै शुक्रवारदेखी सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गर्न शुरु गरेको हो । बैंकमा आउजाउ गर्दा अति अशक्त, जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुलाई सास्ती हुने भएपनि नगरपालिकाले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न शुरु गरेको हो । शारदा नगरपालिका भित्रका ६ हजार १ सय ३० जनाले सामाजिक सुरक्षा भत्ता पाउँदै आएका छन् । ती मध्ये अति अशक्त, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरुलाई मात्रै वडा कार्यालयमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको हो ।

नगरप्रमुख प्रकाश भण्डारीले सामाजिक सुरक्षा भत्ता लिनकै लागि लामो समय हिडेर बैँक सम्म आउनुपर्ने नागरिकको बाध्यतालाई अन्त्य गर्न नगरका १५ वटै वडा कार्यालयबाट वितरण गर्ने व्यवस्था मिलाएको बताउनुभयो । सदरमुकाम खलंगा तथा श्रीनगर बजारमा रहेका विभिन्न बैंकका म्यानेजरहरुसँग छलफल गरि बैंकका कर्मचारी, वडा कार्यालयका कर्मचारी र सुरक्षाकर्मीको सहयोगमै वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको उहाँको भनाइ छ ।


सामाजिक सुरक्षा भत्ता वितरण गर्न नगरप्रमुख भण्डारी, उपप्रमुख सुस्मिता सापकोटा (सुनार) , निमित्त प्रमुख प्रशासकिय अधिकृत लिलाधर बबाल लगाएत वडा नम्बर ३ को कार्यालयमा पुग्नुभएको थियो । शुक्रवार देखी वितरण गर्न थालिएको सामाजिक सुरक्षा भत्ता यही जेठ २७ गतेसम्म सबै वडाहरुमा पुगेर वितरण गरिने नगरपालिकाले जनाएको छ ।

तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक
उत्तर कुमार साहु
सम्पादक
गणेश चन्द

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9845578104, 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu