दाङका पत्रकार भुषालको वडा सदस्यमा दावी
तुलसीपुर,२५ चैत ।
नेकपा एमाले निकट युवा संघ तुलसीपुरका सदस्य तथा पत्रकार शंकर भुषालले वडा सदस्यमा दावी गरेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं। ३ बाट उनले वडा सदस्यमा दावी गरेका हुन् । उनले करिब ७ बर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल छन् । ‘सबैसँग सन्तुलित व्यवहार गर्दै आएको छु’,उनले भने‘त्यसैले विपक्षीको मत तान्न सक्छु, टिकेट पाएमा जित निकाल्ने छु ।’
उनले अहिले चर्चामा आएका भन्दा बलियो उम्मेदवार भएको समेत बताए । बुवा तुलाराम भुसाल,आमा मोतिकला भुसालका कान्छा सुपुत्र रहेका उनी पारिवारिक पृष्ठभुमिकै कारण राजनीतिमा जोडिएको बताउँछन् । सिंगो परिवार नै एमालेमा संगठित भएकाले आफू एमाले इतरको राजनीतिलाई सोच्न पनि नसकेको उनको भनाई छ।
‘०३ नम्बर वडामा एमाले यसैपनि बलियो छ, हामी अझ बलियो बन्न चाहन्छौँ’, वडा सदस्य बन्ने ताकमा रहेका शंकर भन्छन्। सुगम, सुव्यवस्थित र सु–सम्पन्न ३ नम्बर वडाको भिजन र कार्ययोजनासहित उम्मेदवारी दिने उनको चाहना छ।
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम







