गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागी चितवनमा दुई दिनमै जुट्यो ८० लाख
चितवन – दुई महिनासम्म निर्माणको काम रोकिएकाे निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला फेरि सुरु गरिएको दुई दिनमा ८१ लाख ६१ हजार एक सय १० रुपैयाँ सहयोग प्राप्त भएको छ ।
उद्योग वाणिज्य संघ चितवनले क्रिकेट रंगशालालाई ५५ लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । संघका अध्यक्ष सहनलाल प्रधानले रंगशाला निर्माणको जिम्मा लिएको धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेललाई सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो ।
देशकै गौरवको परियोजना भएकाले संघले संस्थागत रुपमा सहयोग गरेको बताउदै अध्यक्ष प्रधानले रंगशाला निर्माणले चितवन जिल्लाको समग्र बिकासका साथै देशकै छवि बढउन गर्न सहयोग पुग्ने बताउनुभयो ।
यसैगरी पूर्वेली समाजले संस्थागत रुपमा ५ लाख, पूर्वेली समाजकै सदस्य कुमार डाँगीले ५ लाख, भरतपुर महानगरपालिका-१२ का वडाध्यक्ष नरेन्द्र कन्दङ्वाले १ लाख ३५ हजार, घिमिरे ब्रर्दश एण्ड सप्लार्यसका शिव घिमिरेले १ लाख ५ हजार सहयोग गरेका छन् ।
उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डा.तिलचन्द्र भट्टराई र उहाँकी धर्मपत्नी प्रा.डा. शारदा थपलियाले निर्माणाधीन क्रिकेट रंगशाला निर्माणका लागि १० लाख रुपैयाँ सहयोग गर्नुभएकाे छ।यसैगरी जिल्ला क्रिकेट संघ चितवनको तर्फबाट दुई लाख ५ हजार ५५५ रुपैयाँ सहयोग भएको छ ।
रंगशाला निर्माणका लागि चितवनका बासिन्दाले पनि फाउण्डेशनलाई दरिलो साथ दिएका छन् । प्रत्येक स्थानीय तहले सहयोग समिति समेत गठन गरेर काम अघि बढाएका छन् । चितवनको रत्ननगर, खैरहनी नगरपालिका र इच्छाकामना गाउँपालिकामा सहयोग समिति गठन पनि भएको छ । कालिका र राप्ती नगरपालिकामा बिहीबार सहयोग समिति गठन हुने धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले बताउनुभयो ।
- Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.1830 (2)
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम







