नेपाली काग्रेस त्रिबेणी गाउँपालिका वडा नं. ४ को पार्टी कार्यालय उद्घाटन
सल्यानको त्रिबेणी गाउँपालिका वडा नं. ४ मा नेपाली काँग्रेस वडा कार्य समितिले आफ्नो वडा स्तरिय पार्टी कार्यालयको शनिबार एक औपचारीक कार्यक्रमका साथ उद्घाटन गरेको छ । नेपाली काँग्रेस वडा कार्य समितिले पार्टी कार्यालयको स्थापना गरी नेपाली काँग्रेस जिल्ला कार्य समिति सभापति तथा उक्त कार्यक्रमका प्रमुख अतिथि केश बहादुर विष्टले उद्घाटन गर्नुभएको थियो ।
नेपाली काँग्रेस पाटीलाई बलियो तथा सुदृढिकरण गर्ने उद्देश्यका साथ त्रिबेणी गाउँपालिकाले प्रत्येक वडा–वडामा नेपाली काँग्रेसको पार्टी कार्यालय स्थापना गर्ने उद्देश्यका साथ नेपाली काँग्रेसका सक्रिय नेता तथा कार्यकर्ताको पहलमा वडामा पार्टी कार्यालय स्थापन गरिएको कार्यक्रमका सभाध्यक्ष तथा वडा नं. ४ का सभापति डम्बर बहादुर बुढाथोकीले बताउनु भयो ।
कार्यक्रममा नेपाली कागे्रस क्षेत्रिय प्रतिनिधी पेशल डांगी, क्षेत्रिय प्रतिनिधी खिम बहादुर रावत, क्षेत्रिय प्रतिनिधी घनश्याम बोहरा,क्षेत्रिय सहसचिब होमसिंह बोहरा, जिल्ला कार्यसमिति सदस्य मान बहादुर वली, कमानसिंह डांगी, महाधिवेशन प्रतिनिधी मान बहादुर डांगी, जिल्ला सभापति केश बहादुर विष्ट लगायतका शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा त्रिबेणी गाउँ कार्यसमिति सचिब वडा नं. ४ का वडाअध्यक्ष छबिराज शर्माले स्वागत मन्तब्य राख्नु भएको थियो । उक्र कार्यक्रममा विभिन्न पाटी परित्याग गरि २५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम


















