त्रिबेणी गाउँपालिकाले दियो कृषकहरुलाई ५०% अनुदानमा कृषि उपकरण सामग्री
सल्यान १५, माघ ।
सल्यानको त्रिबेणी गाउँपालिकाले कृषकहरुलाई मेशिनरी उपकरण हस्तान्तरण गरेको छ । गाउँपालिका भित्र रहेका कृषकहरुलाई प्रविधि हस्तान्तरण गरेर व्यवसायिक बनाउने उद्धेश्यले पचास प्रतिशत अनुदानमा मेशिनरी उपकरण हस्तान्तरण गरिको गाउँपालिकाले जनाएको छ । जसमा इलेक्ट्रिकल च्याप कटर पाँच वटा र चल्ला कोरल्ने मेसिन एक वटा हस्तान्तरण गरिएको गाउँपालिकाको पशु सेवा शाखा प्रमुख बसन्त रावतले जानकारी दिनुभयो ।
उहाँका अनुसार त्रिबेणी गाउँपालिका १ का खड्क बहादुर खड्का, वडा नम्बर ३ का धन बहादर बोहरा, सोही वडाका रुपा कुमारी शाह, वडा नम्बर ४ का लक्ष्मी रावत र सोही वडाका खड्क बहादुर रेउलेलाई च्याप कटर हस्तान्तरण गरिएको छ । यस्तै त्रिबेणी गाउँपालिका वडा नम्बर ४ का चोकेन्द्र रावतलाई चल्ला कोरल्ने मेशिन हस्तान्तरण गरिएको छ ।
कृषकहरुलाई कृषि पेशामा आकृर्षित गर्दै व्यवसायिक बनाउने उद्धेश्यका ती मेशिनरी उपकरणहरु हस्तान्तरण गरिएको शाखा प्रमुख रावतले जानकारी दिनुभयो । ‘कृषकहरुको पनि लागत सहभागिता रहने गरी पचास प्रतिशत अनुदानमा उपकरण हस्तान्तरण गरेका छौँ’ उहाँले थप्नुभयो ‘यसले कृषकहरुको समय बचत सँगै लागत कम गर्दै जान्छ र उत्पादनमा बृद्धि गर्छ ।’
उपकरण हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीले जीवन निर्वाहका लागि मात्रै कृषि पेशामा संलग्न रहेका कृषकहरुलाई व्यवसायिक बनाउनको लागि उपकरण हस्तान्तरण गरिएको बताउनुभयो । उपकरणको सही रुपमा सदुपयोग गर्न आग्रह गर्दै उहाँले लागत कम गर्दै उत्पादन बृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।
मेशिनरी उपकरण हस्तान्तरण कार्यक्रममा त्रिबेणी गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष छविराज शर्मा, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत पहलमान वली, लेखापाल सन्तोष सापकोटा लगाएतको उपस्थिती रहेको थियो ।
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह