अनैतिक सम्बन्ध लुकाउन ७० वर्षीया वृद्धाको हत्या, परिवारकै चार सदस्य पक्राउ
सल्यान, पुष १०
छत्रेश्वरी गाउँपालिका–३ झिम्पे निवासी ७० वर्षीया जामनी बुढाको हत्याको आरोपमा परिवारकै चार जना सदस्य पक्राउ परेका छन् ।
आफ्नाे अनैतिक सम्बन्ध लुकाउन मृतककी काइली बुहारी २४ वर्षीया शुशिला बुढा र देवर नाता पर्ने १९ वर्षीय कमल बुढा दुबैजना मिलेर घाँटी थिचेर हत्या गरेको प्रारम्भिक अनुसन्धान बाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता इन्सपेक्टर श्याम प्रकाश यादवले जानकारी दिनुभयाे।
०७८ असार ११ गते राती सासुले घटनाबारे थाहा पाएपछि बेहारी र देवर दुबै जना मिलेर उनको हत्या गरेको र उनि वृद्धा राती भ¥याँगबाट लडेर मरेको भन्दै असार १२ गते मृतकको अन्तिम संस्कार गरिएको थियो ।
मृतकका पाँच भाइ छोरा भएपनि मजदुरीका लागी सबै भारतमा रहेको समयमा बुहारीहरुसंगै बस्दै आएकी वृद्धाको मृत्यु नभइ हत्या भएको भनी गोप्य खबरका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो ।
घटना बारे तत्काल प्रहरीलाइ कसैले जानकारी नगराएपनि पछि गोप्य सुचनाको आधारमा घटनाका बारेमा अनुसन्धान थालेको प्रहरीले आरोपित दुबैजनाले वृद्धालाइ मारेको र सबुत मेटाउन मृतककै माइली बुहारी २८ वर्षीया चमेली बुढा र कमलका बुवा ४८ वर्षीय बालाराम बुढा मगरले समेत साथ दिएको खुल्न आएको इन्सपेक्टर यादवले बताउनुभयाे।
घटनाका विषयमा अनुसन्धान गर्न आरोपित तिनै जनालाइ पुष ३ गते गिरफ्तार गरी थप अनुसन्धान थालेपछि केही समयदेखी फरार रहेका कमल बुढालाइ गाउँमै लुकी बसेको अवस्थामा प्रहरीले शनिवार पक्राउ गरेको प्रहरीले जनायो ।
मृतकका छोरा ३३ वर्षीय नेत्रलाल बुढाले पुष ३ गते मृतकको हत्या भएको भन्दै आरोपित विरुद्ध जिल्ला प्रहरी कार्यालय सल्यानमा पुष ३ गते लिखित उजुरी दिएका थिए । हत्यामा संलग्न देवर भाउजु बिच अनैतिक सम्बन्ध रहेको र सो सम्बन्ध लुकाउन वृद्धाको हत्या गरेको प्रारम्भिक अनुसन्धान बाट खुल्न आएको प्रहरीले जनाएको छ ।हाल सबैजनालाइ हिरासतमा राखी अनुसन्धान थालिएको इन्सपेक्टर यादवले जानकारी दिनुभयाे ।
- राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको अध्यक्षमा वुढाथोकी
- त्रिवेणी गाउँपालिका र सामुदायिक वन उपभोक्ता समितिहरुविच अन्तरक्रिया सम्पन्न
- शारदा नगरपालिका सल्यानद्वारा आधिकारीक लोगो सार्वजनिक
- त्रिवेणी गाउँपालिकाका ८ सय २ किशोरीलाई एचपिभी खोप लगाइदैँ
- त्रिवेणी गाउँपालिका स्तरीय छैठौं अध्यक्ष कप तथा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्नः उपाधी सरस्वती मा.वि सिम्कलाई
- जन्मदिनको फजुल खर्चले शैक्षिक सामग्री