नेपाली कांग्रेसको सल्यानका दुईवटै प्रदेश सभा निर्वाचनमा धुर्वराज पुरीको टिम विजय

   
त्रिवेणी अनलाइन
४ मंसिर २०७८, शनिबार ११:३३ मा

मंसिर ४, सल्यान ।

नेपाली कांग्रेसको सल्यानका दुईवटै प्रदेश सभा निर्वाचनमा धुर्वराज पुरीको टिम विजय भएको छ ।

प्रदेश सभा ‘क’ मा सुरेश चन्द र ‘ख’ मा सुरेश अधिकारी सभापतिमा विजय बनेका छन् ।

क मा गोरख खत्रीलाई ११ मतले हराउँदै चन्द ३१४ मत ल्याएर विजय बनेका हुन् । खत्रीले भने ३०३ मत ल्याएका छन् ।

यहाँ कुल ६२४ मत खसेको थियो ।

त्यस्तै प्रदेश सभा ख मा ४२ मतको अन्तरले सुरेश अधिकारी विजय भएका छन् । उनका प्रतिद्वन्दी बहादुर सेजवालले २७० ल्याए भने अधिकारीले ३१२ ल्याएका छन् ।

यहाँ कुल ५९९ मत खसेको थियोे ।

 

तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक
उत्तर कुमार साहु
सम्पादक
गणेश चन्द

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9845578104, 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu