सल्यानमा १३ जना सवार जीप दुर्घटना
कार्तिक २९, सल्यान ।
सल्यानमा चालकसहित १३ जना सवार जीप हुर्घटना भएकाे छ ।
जिल्लाकाे छत्रेश्वरी गाउँपालिका ६ लान्तीबाट राणागाउँ हुँदै वडा नम्बर ७ काे सिमपानी तुसारे जाँदै गरेकाे रा १ ज ५२८ नम्बरकाे जीप साेमबार साँझ दुर्घटनामा परेकाे हाे ।
दुर्घटनामा परि १२ जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाकाे नेपालगन्ज रिफर गरिएकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ ।
घाइतेहरुकाे अहिले श्रीनगर स्थित कान्तिपुर अस्पतालमा उपचार भैरहेकाे छ । अस्पतालका अनुसार घाइते सबै खतरामुक्त छन् । तर केहिकाे घात खुट्टामा धेरै चाेट भएकाेले बाहिर रिफर गर्नुपर्ने बताइएकाे छ ।
जीप उकालाेमा चढ्न नसकेर सडकमै पल्टिएकाे थियाे । चालकलाइ प्रहरीले नियन्त्रणमा लिएकाे जनाएकाे ।

तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
धेरैले पढेको







