सल्यानमा १३ जना सवार जीप दुर्घटना
कार्तिक २९, सल्यान ।
सल्यानमा चालकसहित १३ जना सवार जीप हुर्घटना भएकाे छ ।
जिल्लाकाे छत्रेश्वरी गाउँपालिका ६ लान्तीबाट राणागाउँ हुँदै वडा नम्बर ७ काे सिमपानी तुसारे जाँदै गरेकाे रा १ ज ५२८ नम्बरकाे जीप साेमबार साँझ दुर्घटनामा परेकाे हाे ।
दुर्घटनामा परि १२ जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाकाे नेपालगन्ज रिफर गरिएकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ ।
घाइतेहरुकाे अहिले श्रीनगर स्थित कान्तिपुर अस्पतालमा उपचार भैरहेकाे छ । अस्पतालका अनुसार घाइते सबै खतरामुक्त छन् । तर केहिकाे घात खुट्टामा धेरै चाेट भएकाेले बाहिर रिफर गर्नुपर्ने बताइएकाे छ ।
जीप उकालाेमा चढ्न नसकेर सडकमै पल्टिएकाे थियाे । चालकलाइ प्रहरीले नियन्त्रणमा लिएकाे जनाएकाे ।

तपाइँको प्रतिक्रिया
[gs-fb-comments]
पछिल्लो अपडेट
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
धेरैले पढेको






