रोल्पामा जीप दुर्घटना हुंदा ३ जनाको मृत्यु, ३ जना गम्भीर घाइते
२८-कात्तिक/ रोल्पामा पिकअप जीप दुर्घटना हुंदा चालकसहित तीन जनाको घटना स्थलमै मृत्यु भएको छ भने थप तीन जना गम्भीर घाइते भएका छन् । आइतबार बिहान ११ बजेतिर माडी गाउँपालिका ६ हान्निङ भन्ने ठाउँबाट घर्ती गाउँतर्फ जाँदै गरेको यात्रुबाहक पिकअप जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ ।
घाइतेको जिल्ला अस्पतालमा उपचार भैरहेको प्रहरीको भनाइ छ । जीपमा ६ जना यात्रु सवार रहेको बुझिएको छ । साथै घाइतेहरुको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि बाहिरी जिल्ला लैजानको लागि हेलीकप्टरसंग समन्वय भैरहेको प्रहरीले बताएको छ ।
त्यस्तै मृत्यु हुनेको पहिचान भने अझै खुलिसकेको छैन् । जीप दुर्घटना स्थलदेखि साढे ३ सय मिटर तल खसेको छ ।
तपाइँको प्रतिक्रिया
[gs-fb-comments]
पछिल्लो अपडेट
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
धेरैले पढेको






