त्रिवेणी गाउँपालिकाद्वारा (१–५) का विद्यार्थीका लागि स्थानीय पाठ्यपुस्तक बिमोचन
भाद्र ३१, सल्यान ।
सल्यानको त्रिवेणी गाउँपालिकाले स्थानीय विषयबस्तु समेटेर पाठ्यपुस्तक निर्माण गरेको छ । स्थानीय विषयबस्तुमा आधारित कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक एक कार्यक्रमका बिच बिहिवार विमोचन गरिएको हो । पाठ्यपुस्तकमा हाम्रो संस्कार, स्थानीय तह, खेतिपाती, लेखापढी, मौलिक संस्कृति समावेश गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष मान बहादुर डाँगीले पाठ्यपुस्तक विमोचन गर्दै १ देखि ३ सम्मको लागि २०७५÷०७६ देखि सुरु गरेको र थप २ कक्षा समेटिएको बताए । अहिले कक्षा ५ सम्मका विद्यार्थीले हाम्रो त्रिवेणी नामक पाठ्यपुस्तक पढ्न पाउनेछन ।
उनले अब कक्षा ८ सम्मका विद्यार्थीका लागि पाठ्यपुस्तक निर्माण गर्ने लक्ष्य रहेको उनले बताए। हाम्रो त्रिवेणी नामक पुस्तकले विद्यार्थीलाइ संस्कार, स्थानीय तह, खेतिपाती, लेखापढी, मौलिक संस्कृतिको बारेमा पुर्ण जानकार हुन सहयोग पु¥याउने समेत बताए ।
खेतिपाति, मौलिकता त्रिवेणी गाउँपालिकाका सबै विद्यालयमा १ देखि ५ सम्मका १८सय विद्यार्थीले अध्ययन गर्नेछन । गाउँपालिकाले २२ लाखको लागतमा पाठ्यपुस्तक तयार पारेको हो ।
पत्रकारसंग गरिएको विमोचन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष करूणा खड्का र सबै विद्यालयका प्रधानाध्यापकको सहभागीता रहेको थियो।
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह