सल्यानमा बस दुर्घटना: १५ जना घाइते
सल्यानमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । दाङ्ग तुलसीपुरबाट रुकुम पश्चिम जाँदै गरेको रा १ ख १७९२ न बस कपुरकोट गाउँपालिका –३ मुलपानी नजिकै शुक्रबार दिउँसो दुर्घटना भएको हो ।
दुर्घटनामा परी सल्यान कपुरकोट गाउँपालिका – ५ की २३ वर्षीया रेखा शाहु, शोही ठाउँकी ३१ वर्षीया सिता बुढाथोकी, दार्मा गाउँपालिका –६ को २० वर्षीय प्रवेश बस्नेत, शारदा नगरपालिका –१५ क ४९ वर्षीय तारा प्रसाद नाथ, शारदा नगरपालिका – १ का ४० वर्षीय कृष्ण गौतम रहेको इलाका प्रहरी कार्यालय लुहामका श्याम प्रकाश यादवले जानकारी दिए ।
यस्तै कुमाख गाउँपालिका बस्ने ७३ वर्षीय हिरे राना, कपुरकोट गाउँपालिका –५ रिम बस्ने ४५ वर्षीय धन बहादुर रोका, शोही ठाउँ बस्ने २१ वर्षीया याम कुमारी बोहरा, तिला महतारा, बागचौर नगरपालिका –२ का ४५ वर्षीय लाल बहादुर डाँगी, दाङ्ग दङ्गीसरण गाउँपालिकाकी २५ वर्षीया निर्मला शर्मा, तुलसीपुर उपमहानगरपालिका ३ बस्ने २८ वर्षीय विनोद बुढाथोकी, रुकुम पश्चिम मुसिकोट नगरपालिका –४ का ७५ वर्षीय मोहन सिंह पुन, रुरुकुम पश्चिम त्रिवेणी गाउँपालिका – २ का २१ वर्षीय जोक बहादुर खड्का र शोही ठाउँ बस्ने २२ वर्षीय किरन ओली रहेको यादवले जनाए ।
घाइते सबैलाई दाङ्ग तुलसीपुरमा पठाइएको प्रहरीले जनाएको छ । बस अनियन्त्रित भई सडकको माथिल्लो भागमा भित्तामा पल्टिएको प्रहरीको भनाई छ । चालक सल्यान छत्रेश्वरी गाउँपालिका –३ दारिमज्युलाका ४० वर्षीय ठाकुरसिहं वि.क फरार रहेको प्रहरीले जनाएको छ ।
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम






