कालोमोसो दल्नेलाई पक्राउ नगरे स्वास्थ्य सेवा ठप्प पार्ने स्वास्थ्यकर्मीको चेतावनी
तुलसीपुर, ११ भदौ । राप्ती अस्पताल विकास समिति तुलसीपुरले दोषीलाई कारबाही गर्न माग गरेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहलाई सर्जन परियारको नेतृत्वमा गएको एक समूहले कालोमोसो दलेपछि अस्पताले दोषीलाई हदैसम्मको कारबाहीको माग गरेको हो ।
घटना लगत्तै बसेको अस्पताल विकास समितिका अध्यक्ष पदम प्रसाद न्यौपानेको अध्यक्षतामा बसेको बैठकले घटनामा संलगन दोषीलाई हदैसम्मको कारबाहीको माग र घटना प्रति खेद प्रस्ताव पारित गर्दै दोषीहरुलाई किटानी जाहेरी दिने निर्णय गरेको हो ।
त्यसैगरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले भोलि बिहानसम्म दोषीलाई पक्राउ नगरे अस्पतालबाट दिइने सेवा ठप्प पार्ने चेतावनी दिएका छन् । अस्पतालमा काम गर्ने वातावरण नभएको भन्दै घटनामा संलग्न व्यक्तिहरुलाई भोलि बिहान ९ बजेभित्र पक्राउ नगरे इमरजेन्सी, सुत्केरी, डाइलासीश सेवा बाहयक सबै सेवा ठप्प पार्ने चेतावनी दिएको अस्पताल विकास समितिका अध्यक्ष पदम प्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
टायडफायडका बिरामीको कल्चर टेष्टको सेवा नभएको सिंहले बताएपछि युवाको समूहले कालोमोसो दलेको थियो ।
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम






