कालोमोसो दल्नेलाई पक्राउ नगरे स्वास्थ्य सेवा ठप्प पार्ने स्वास्थ्यकर्मीको चेतावनी

   
त्रिवेणी अनलाइन
११ भाद्र २०७८, शुक्रबार १९:२६ मा
[Sassy_Social_Share total_shares="ON"]

तुलसीपुर, ११ भदौ । राप्ती अस्पताल विकास समिति तुलसीपुरले दोषीलाई कारबाही गर्न माग गरेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहलाई सर्जन परियारको नेतृत्वमा गएको एक समूहले कालोमोसो दलेपछि अस्पताले दोषीलाई हदैसम्मको कारबाहीको माग गरेको हो ।

घटना लगत्तै बसेको अस्पताल विकास समितिका अध्यक्ष पदम प्रसाद न्यौपानेको अध्यक्षतामा बसेको बैठकले घटनामा संलगन दोषीलाई हदैसम्मको कारबाहीको माग र घटना प्रति खेद प्रस्ताव पारित गर्दै दोषीहरुलाई किटानी जाहेरी दिने निर्णय गरेको हो ।

त्यसैगरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले भोलि बिहानसम्म दोषीलाई पक्राउ नगरे अस्पतालबाट दिइने सेवा ठप्प पार्ने चेतावनी दिएका छन् । अस्पतालमा काम गर्ने वातावरण नभएको भन्दै घटनामा संलग्न व्यक्तिहरुलाई भोलि बिहान ९ बजेभित्र पक्राउ नगरे इमरजेन्सी, सुत्केरी, डाइलासीश सेवा बाहयक सबै सेवा ठप्प पार्ने चेतावनी दिएको अस्पताल विकास समितिका अध्यक्ष पदम प्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

टायडफायडका बिरामीको कल्चर टेष्टको सेवा नभएको सिंहले बताएपछि युवाको समूहले कालोमोसो दलेको थियो ।

तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक
उत्तर कुमार साहु
सम्पादक
गणेश चन्द

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9845578104, 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu