त्रिवेणी गाउँपालिकाद्धारा ४७ जना किसानहरुलाई उन्नत जातका भैसी वितरण
असार १३,सल्यान
सल्यानको त्रिबेणी गाउँपालिकाले एक स्थानीय तह, एक पशु सेवा उत्पादन कार्यक्रम अन्तरगत उन्नत जातका भैसी वितरण गरिएको छ ।
त्रिवेणी गाउँपालिका र पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानको लागत साझेदारीमा त्रिवेणी गाई भैसी पकेट समिति वडा न १,२ र ६ लाई ४७ वटा उन्नत भैसी हस्तान्तरण गरिएको हो ।
दूधमा आत्मनिर्भर बनाउन र कृषिमा किसानहरुको आकर्षण बढाउँन उन्नत जातका भैसी हस्तान्तरण गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख कपिल प्रसाद उपाध्यायले बताए ।
विगतदेखि पशुपालनमा लागेका व्यवसायिक समूहलाई भैसी प्रदान गरिएको उनको भनाई छ । किसानलाई करिब ४९ लाख ५० हजार बराबरका भैसी वितरण गरिएको उनको भनाई छ । कार्यालयको २० लाख, त्रिवेणी गाउँपालिकाको ६ लाख र समितिको २३ लाख ५० हजारको कार्यक्रम भित्र उन्नत जातको घाँस, तालिम, अन्तरक्रिया, औषधी समेत वितरण गरिएको उनको भनाई छ ।
परम्परागत पशुपालनलाई व्यवसायिक बनाउन उन्नत जातका भैसी पालन थालेको त्रिवेणी गाई भैसी पकेट समितिका अध्यक्ष मोतिलाल बुढाथोकीले बताए । बजारमा दूधको माग बढ्दै गएकाले भैसीपालनलाई व्यवस्थित बनाउन थालेको उनको भनाई छ ।
व्यवसायिक पशुपालनमा किसानलाई आकर्षित गर्न र किसानको आयस्तर वृद्धि गर्न अनुदानमा उन्नत जातको भैसी वितरण गरिएको पशु सेवा शाखा प्रमुख बसन्त रावतले बताए । किसानलाई व्यवसायिक बनाउन र किसानको आयस्तरमा वृद्धि गर्ने उद्देश्य सहित उन्नत जातका भैसी वितरण गरिएको उनको भनाई छ ।
किसानलाई पशुपालनमा आकर्षित गर्न गाउँपालिकाले कृषकको उत्पादन गाउँपालिकाको अनुदान कार्यक्रम सञ्चालन गरि रहेको उनको भनाई छ । उनका अनुसार वार्षिक जिउँदो ५ वटा खसी बोका , मासिक २ सय लिटर दूध बिक्री गर्ने र मासिक २ हजार अण्डा उत्पादन गर्ने किसानलाई ५० हजारसम्म अनुदान उपलब्ध गराउँदै आइरहेको छ ।
- सल्यानको त्रिवेणी ३ तिमिलेचौरमा आगलागिमा परी एकको मृत्यु
- होली: प्रेम र एकताको संदेश- विजय भण्डारी
- श्री गायत्री प्राथमिक विद्यालय त्रिवेणी गाउँपालिका ५ ढोरचौर सल्यानले आफ्नो ३५ औं वार्षिकोत्सब मनाएको छ ।
- राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको अध्यक्षमा वुढाथोकी
- त्रिवेणी गाउँपालिका र सामुदायिक वन उपभोक्ता समितिहरुविच अन्तरक्रिया सम्पन्न
- शारदा नगरपालिका सल्यानद्वारा आधिकारीक लोगो सार्वजनिक