नेपाली कांग्रेस सल्यानको सभापतिमा मानबहादुर डाँगीको उम्मेदवारी घोषणा
नेपाली कांग्रेस सल्यानको सभापतिमा मानबहादुर डाँगीले उम्मेद्बारी घोषणा गर्नुभएको छ । शनिबार उहाँले आफ्नो फेसबुक मार्फत आगामी जिल्ला सभापतिको लागि उम्मेदवारी घोषणा गर्नुभएको हो ।
सल्यानको त्रिवेणी गाउँपालिका अध्यक्ष समेत रहेका डाँगी हाल कांग्रेसको महासमिति सदस्य हुनुहुन्छ। उहाँले २०३६ सालबाट नेपाल विद्यार्थी संघ नेविसंघ बाट राजनीति सुरु गर्नु भएके थियो।
२०४६ सालदेखि पार्टीको जिल्ला सदस्य हुँदै क्षेत्र नम्बर २ को क्षेत्रीय सभापती भइसकेका डाँगीले पार्टीको ९ औं महाधिवेशनबाट महाधिवेशन प्रतिनिधि, महासमितिको जिम्मेवारीमा रहँदै आएको र अब जिल्ला पार्टीको नेतृत्व गर्ने बताउनु भएको छ ।
२०४९ सालमा तत्कालीन फलाबाङ गाविस गाविस अध्यक्षमा निर्वाचित भएर काम गरेका डाँगी गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार भएर त्रिवेणी गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम






