सिद्धकुमाख गाउपालिकाद्धारा ३२ करोड ७० लाख बराबरको बजेट सार्वजनिक
सल्यान १०, असार ।
सल्यानको सिद्धकुमाख गाउँपालिकाले निति, कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । गाउँसभामा सिद्ध कुमाख गाउपालिका उपाध्यक्ष पुष्पा कुमारी बोहराले ३२ करोड ७० लाख रुपैँया बराबरको आगामी आर्थिक बर्षको वजेट सार्वजनिक गर्नुभएको छ । जसमा चालु तर्फ २२ करोड ६७ लाख र पुजीँगत तर्फ १० करोड ३ लाख रुपैँया रहेको छ ।

गाउपालिकाले नयाँ भेरियन्ट सहितको कोभिड १९ महामारी रोकथाम, नियन्त्रण, प्रतिकार्य र उपचारको व्यवस्थालाई पहिलो प्राथमिकता दिएको छ । गाउपालिका अध्यक्ष चित्र बहादुर चलाउनेले स्वास्थ्य क्षेत्रलाई प्राथामिकता दिदैँ एक वडा एक नमुना बिद्यालयमा मन्टेश्वरी शिक्षा सञ्चालन गरिने बताउनुभयो ।
यस्तै आर्थिक स्तर सुधारको लागि टिमुर र फलफूल खेतीलाई प्रर्बद्धन गरिने, बाख्रा पकेट र बेमौसमी तरकारी खेतीलाई प्राथामिकता दिइने छ । यस्तै कोल्ड स्टोर निर्माणका लागि सम्भाव्यता अध्ययन गरिने छ ।
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम






