सल्यानमा जिप दुर्घटनामा हुदा सात जना घाइते
सल्यानमा सोमबार विहान भएको जिप दुर्घटनामा सात जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भिर छ । जिल्ला प्रहरी कार्यालय सल्यानले दिएको जानकारी अनुसार नेपालगंजबाट शव बोकेर वनगाड कुपिण्डेको १० थापाचौर जाँदैे गरेको जिप विहान तिन बजे वनगाड कुपिण्डेको वडा नम्वर ८ आगरनेटामा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेको भे १ च ३६६९ नम्वरको डवल क्याप जिप सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनामा घाइते हुनेहरुमा जिप चालक बनगाड कुपिण्डे ८ वावियाका २६ वर्षिय बल बहादुर कवर, सोहि ठाउँ बस्ने ४० वर्षिय गाडि साहु होम बहादुर गिरी, बनगाड कुपिण्डे १० थापाचौर बस्ने २१ वर्षिय आईतुलाल थापा, ३२ वर्षिय खोकलाल थापा, २६ वर्षिय हुर्मति थापा, २० वर्षिय केशव थापा र ४५ वर्षिय टोप बहादुर घर्ति रहेका छन् । उनिहरु मध्ये चालक बल बहादुर, हुर्मति र आईतुलालको अवस्था गम्भिर छ । घाइते मध्ये तिनजनालाई उपचारको लागी नेपालगंज लगिएको छ भने ३ जनाको जिल्ला अस्पताल सल्यानमा उपचार भैरहेको प्रहरी पवक्ता इनिस्पेक्टर अर्जुन पाैडेलेले जानकारी दिनुभयाे ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।







