सल्यानका कोरोना संक्रमितको काठमाण्डौमा मृत्यु

   
त्रिवेणी अनलाइन
२१ बैशाख २०७८, मंगलवार १५:५९ मा
  • 46
    Shares

सल्यानका कोरोना संक्रमितको काठमाण्डौमा उपचारको क्रममा मृत्यु भएको छ । मंगलबार दिउँसो सल्यान शारदा नगरपालिका १ श्रीनगरका ४५ वर्षीय एक पुरुषको मृत्यु भएको हो ।
दाङ्ग घोराहीमा उपचार गराई रहेका उनको अवस्था गम्भिर भएपछि सोमबार हेलिकप्टरबाट काठमाण्डौ लगिएको थियो ।

यस्तै सिद्ध कुमाख गाउँपालिका निवासी ३५ वर्षीय पुरुषको सोमबार राती प्रदेश अस्पता सुर्खेतमा मृत्यु भएको छ । अक्सिजनको मात्रा कम भएपनि सोमबार सल्यान अस्पताल पुगेका पुरुषको अवस्था गम्भिर भएपछि सोमबार नै  प्रदेश अस्पताल सुर्खेत पठाइएको थियो ।
सल्यानमा हालसम्म जिल्लामा ६ जनाको र अन्य जिल्लामा ३ जनाको मृत्यु भई सकेको छ ।

तपाइँको प्रतिक्रिया