त्रिबेणी गाउँपालिकामा स्वास्थ्यकर्मीहरुको क्षमता अभिबृद्धि गर्न तालिम सुरु
सल्यानको त्रिबेणी गाउँपालिका भित्रका स्वास्थ्यकर्मीहरुका लागी दोस्रो चरणको सात दिने बृहत पोषण प्याकेज सम्बन्धी क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । गाउँपालिकाले ६ वटै स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुलाई सात दिने क्षमता अभिवृद्धि तालिम सुरु गरेको हो । पोषण सम्बन्धि वृहत विषयबस्तुको एकीकृत प्याकेज सम्बन्धी स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्ने, पोषण सम्बन्धी व्यवहारमा परिवर्तन गरि ज्ञान सीपको धारणामा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले तालिमको आयोजना गरिएको गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख प्रभात कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
तालिमको उद्घाटन गर्दै गाउँपालिकाका उपाअध्यक्ष करुणा खड्काले तालिममा सिकेका कुरा स्वास्थ्यकर्मीले आ–आफ्नो कार्यक्षेत्रमा लागू गर्ने विश्वास ब्यक्त गर्नुभयो । पोषणको अवस्थामा सुधार गर्न स्वास्थ्यकर्मीले विशेष भुमिका खेल्नुपर्ने बताउँदै उनले कुपोषित हुन नदिन पूर्व योजनाहरू अवलम्बन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
कार्यक्रममा गाउँपालिका निमित्त प्रमुख प्रसाशकीय अधिकृत पहलमान वली गाउँपालिकाका स्वास्थ्य सहसंयोजक त्रिपुरा केसीले मन्तव्य राख्दै बालबालिकाको जीवनरक्षा, स्वास्थ्य तथा विकासका लागि उपयुक्त पोषण एक दरिलो जग भएको बताउनु भयो ।

गाउँपालिकाले पहिलो चरणमा ८ गते देखी १४ गतेसम्म १४ जना र दोस्रो चरणमा ४ वटा स्वास्थ्य चौकी र २ वटा आधारभुत स्वास्थ्य केन्द्रका १४ जना गरि कुल २८ स्वास्थ्यकर्र्मीहरुले बृहत पोषण प्याकेज सम्बन्धी क्षमता अभिवृद्धि तालिम लिईरहेको श्रेष्ठले बताउनु भयो । तालिममा कुपोणको अवस्था, पोषिलो खानेकुराहरू, व्यवहार परिर्वतन,सरसफाइ, पोषणको अवस्था सुधारमा भावी कार्ययोजना लगायतका विषयमा प्रशिक्षण गराइएको स्वास्थ्य शाखाले जनाएको छ ।

स्वास्थ्य संस्थामा आएपछि बच्चा कुपोषित छ कि छैन भनेर पत्ता लगाउने र बच्चालाई कसरी औषधि उपचार गरी सामान्य अवस्थामा ल्याउने लगायतका विषयमासमेत छलफल भएको थियो । गाउँपालिकाको पोषण स्थितिमा सुधार ल्याउने उद्देश्यले बृहत पोषण प्याकेज सम्बन्धी तालिमको आयोजना गरिएको थियो ।
चैत्र २२ गते देखी सुरु भएको तालिम २८ गते सम्पन्न हुने छ ।
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम








