नेकपा महासचिव विप्लव आज सार्वजनिक हुँदै
काठमाडौँ – प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द ९विप्लव० आज सार्वजनिक हुँदैछन । बुधबार र बिहीबार सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीचको वार्ता सफल भएपछि बिहीबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।
राष्ट्रिय सभागृहमा शुक्रबार दिउँसो दुई बजे विप्लव सार्वजनिक हुन लागेका हुन् । सभागृहमा आयोजित समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बोधन गर्ने प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा। राजन भट्टराईले दिनुभयो । सोही समारोहमा प्रधानमन्त्री ओली र महासचिव विप्लवबीच सहमति पत्रमा हस्ताक्षरसमेत हुने छ ।
सरकार र विप्लव समूहबीच विहीबारको वार्तापछि सार्वजनिक भएको प्रेस नोटमा तीन बुँदे सहमति भएको उल्लेख छ । सो सहमतिलाई बिहीबारै बसेको मन्त्रिपरिषद बैठकले अनुमोदन गरिसकेको छ ।
प्रेस नोटमा विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउने, सरकारले प्रतिबन्ध हटाउने, बन्दीलाई रिहा गर्ने र मुद्दा खारेज गर्ने उल्लेख भए पनि विप्लव समूहसँग भएका हतियारको व्यवस्थापनको विषय उल्लेख छैन । राष्ट्रिय सभागृहको समारोहमा सरकार र विप्लव समूहले हतियार व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा जानकारी दिने अनुमान गरिएको छ ।
संसदवादी दलहरुबाट जनक्रान्ति सफल नहुने भन्दै विप्लवले छुट्टै पार्टी गठन गरी आफ्ना गतिविधि सुरु गरेका थिए । हत्या, हिंसालाई अंगालेको भन्दै सरकारले २०७५ फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो । त्यसयता विप्लव सार्वजनिक कार्यक्रममा देखिएका छैनन् ।
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह