घरमै पुगी सामाजिक सुरक्षा भत्ता वितरण गर्दै बागचौर नगरपालिका
सल्यान १९, फाल्गुन ।
सल्यानको बागचौर नगरपालिकाले बैँक सम्म आएर सामाजिक सुरक्षा भत्ता लिन नसक्नेहरुको लागि घरमा नै गएर वितरण गर्न थालेको छ । सामाजिक सुरक्षा भत्ता बैँकिङ प्रणालीबाट वितरण गर्ने निति भएपनि बैँक सम्म आउन नसक्ने पुर्ण अपांग तथा अशक्त र ९० बर्ष उमेर माथिका सबै जेष्ठ नागरिकहरुको घरमा नै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको हो ।
नगरका १२ वटै वडामा रहेका पुर्णअपांग तथा अशक्त र ९० बर्ष उमेर माथिका सबै जेष्ठ नागरिकहरुको घरमा नै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको वागचौर नगरपालिका, सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा प्रमुख धनेश्वर खड्काले जानकारी दिनुभयो । उहाँले नगरपालिकाका झण्डै २ सय नागरिकहरुलाई घरमा नै गएर भत्ता वितरण गरिने जानकारी दिनुभयो ।
‘हामीले अहिले सम्म नगरपालिकाको वडा नम्बर ७ र ९ मा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिसकेका छौँ, बाँकी सबै वडाहरुमा पुगेर वितरण गर्ने हाम्रो तयारी छ’ उहाँले भन्नुभयो ‘जो बैँक सम्म आउन सक्नुहुदैन्, उहाँहरुको घरमा नै पुगेर पहिलो चरणमा भत्ता उपलब्ध गराउछौँ, दोस्रो चरणमा उहाँहरुले इच्छाएको ब्यक्ति आबश्यक प्रक्रिया पु¥याएर आएमा उपलव्ध गराउने हाम्रो तयारी छ ।’
यसरी घरमा नै सामाजिक सुरक्षा भत्ता पाएपछि नागरिकहरु खुसी भएका छन् । बागचौर नगरपालिकाका झण्डै ३ हजार ब्यक्तिहरुले विभिन्न किसिमको सामाजिक सुरक्षा भत्ता पाउदैँ आएका छन् । नगरप्रमुख लोकमान बुढाथोकीले पुर्णअपांग तथा अशक्त र ९० बर्ष उमेर माथिका जेष्ठ नागरिकहरुको सहजताको लागी घरमा नै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको जानकारी दिनुभयो ।
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम






