सल्यानमा २ थान भरुवा बन्दुक सहित २ पक्राउ

   
त्रिवेणी अनलाइन
१८ फाल्गुन २०७७, मंगलवार १४:५४ मा

सोमबार सल्यानमा अवैध भरुवा बन्दुक सहित दुई जना पक्राउ परेका छन् ।
जिल्लाको कालिमाटी गाउँपालिका वडा नं. २ बस्ने ५१ वर्षीय कुल बहादुर सारुमगर र सोही ठाउँ बस्ने २४ वर्षीय कमल घर्तीलाई २ थान अवैध भरुवा बन्दुक सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका सारुले घर नजिकै खोल्सोमा स्याउलाले छोपी भरुवा बन्दुक लुकाई राखेको र घर्तीले आफ्नै बारीको डिलमा खाडल खनेर लुकाई राखेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कर्यालय कालिमाटीबाट खटिएको प्रहरी टोलीले दुबै जनालाई बन्दुक सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।
यस बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालयका लुहामका प्रहरी निरिक्षक श्याम प्रकास यादबले जानकारी दिनुभएको छ ।

तपाइँको प्रतिक्रिया
Array