मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको मृत्यु
शुक्रबार अपराह्न कोसी राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको मृत्यु भएको छ।
धरानबाट इटहरी जाँदै गरेको प्रदेश १-०१-०४४प १२५६ मोटरसाइकल दुर्घटना हुँदा सवार बाबुछोरा दुबै जनाको मृत्यु भएको प्रदेश नम्बर १ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
मृत्यु हुनेमा ५० वर्षीय नुरजंग मल्ल र उनका बुवा ८२ वर्षीय कुबेरबहादुर मल्ल छन्।
उदयपुर रुपाटार-२ घर भएका उनीहरू इटहरी-८ मा बस्थे।
कोसी राजमार्गको इटहरी-२ पिपलचोकमा मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
‘तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको रिपोर्ट आएको छ,’ प्रहरी उपरीक्षक सञ्जीव शर्माले भने।
दिउँसो साढे २ बजेतिर दुर्घटना हुँदा गम्भीर घाइते भएका दुबैलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। उपचारको क्रममा दुबैको केही समयमै मृत्यु भएको शर्माले बताए।
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह
- सल्यानमा राष्ट्रिय परिचयपत्र बनाउन पुगेका एक वृद्धको लडेर मृत्यु
- नेपाल लोकतान्त्रिक खेलकुद संघ त्रिवेणीको अध्यक्षमा प्रेम बुढाथोकी चयन