बैतडी बस दुर्घटना अपडेट : मृतक ९ मध्ये ७ जनाको सनाखत
काठमाडौं( दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा गएराति भएको बस दुर्घटनामा परी मृत्यु भएका ९ जनामध्ये ७ जनाको सनाखत भएको छ ।
अहिलेसम्म आफन्तले हुलियाको आधारमा ७ जनाको पहिचान गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीका अनुसार दुर्घटनामा मृत्यु भएकामध्ये सनाखत हुनेमा बैतडीको दोगडाकेदार गाउँपालिका ६ का रणबहादुर चन्द, सोही ठाउँका करणसिंह ऐरी र कविन्द्र जोशी रहेका छन् ।
यस्तै डिलाशैनी गाउँपालिका ७ घर भई हाल कञ्चनपुरको भीमदत्त नगरपालिका १० बस्ने विजना धामी, दार्चुलाको मालिकार्जुन गाउँपालिका ५ का जगन्नाथ ओझा, दार्चुलाकै तर्कराज गिरी र कञ्चनपुरको भीमदत्त नगरपालिका ८ की किर्तीका कार्कीको पनि सनाखत भएको प्रहरीले जनाएको छ ।
मृतकमध्ये १ जनाको उपचारको लागि लैजाँदै गर्दा डडेलधुरामा मृत्यु भएको र अन्यको भने घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । दुर्घटनामा ३४ जना घाइते भएका छन् । घाइते ३४ जनामध्ये ८ जनाको अवस्था गम्भीर रहेको बुझिएको प्रहरीले बताएको छ बसका चालक र सहचालक दुवै घाइते छन् । बसका ४० भन्दा बढी यात्रु सवार रहेका थिए ।
दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति साढे १० बजेतिर दुर्घटनामा भएको हो । सानो घुम्तीबाट बस ६०० मिटर जति तल खसेको छ ।
दुर्घटनाको कारण खुल्न सकेको छैन । क्षमताभन्दा बढी यात्रु बोकेको बसका चालक निदाएकाले दुर्घटनामा परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ
Source : Sagarmatha tv
- सल्यानमा कराँते प्रतियोगिता सुरु, १४० खेलाडीले प्रतिस्पर्धा गर्ने
- सल्यानको त्रिवेणीमा बजार अनुगमन : २ लाख बराबरको अखाद्य बस्तु नस्ट
- नेपाल निजामति कर्मचारी युनियन त्रिवेणीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
- सल्यानको त्रिवेणीमा टि.भि. हेर्न आएकी पाँच वर्षिया बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ
- त्रिवेणी गाउपालिका वडा नं. ६ द्धारा विपन्न ६० जना बालबालिकालाई शैक्षिक साम्रगी वितरण
- सल्यानमा भतिजाको कुटपिटबाट काकाको मृत्यु