स्थानिय एक ब्यक्तीको कोरोना संक्रमणका कारण मृत्यू भयपछि श्रीनगर बजार एक हप्ता शिल
सल्यानको प्रमुख ब्यापारिक केन्द्र श्रीनगर एक साताको लागी बन्द गरिएको छ । स्थानिय नागरिकमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि शारदा नगरपालिका १ श्रीनगर बजार एक साताका लागी बन्द गरिएको हो । शारदा नगरपालिका वडा नम्बर १ का एक ब्यक्तिको कोरोना संक्रमणका कारण मृत्यू भएको पुष्टि भएको, श्रीनगर कै एक कोरोना संक्रमित ब्यापारीको उपचार भैरहेको र श्रीनगर वजार क्षेत्रमा कोरोना लक्षण सहितका केही नागरिकहरु पनि बिरामी भएको जानकारी आएकाले एक साताका लागी बन्द गरिएको शारदा नगरपालिका वडा नम्बर १ ले आज एक बिज्ञप्ती जारी गरेर जानकारी दिएको छ ।
आज देखी कात्तिक २९ गते सम्म शान्तिनगर, श्रीनगर, शितलपाटी देखी बेलघारीसम्म बन्द गरिएको वडाअध्यक्ष नवराज बुढाथोकीले जानकारी दिनुभयो । उहाँले अत्याबश्यक सामान खरिदको लागी भने स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी बिहान ६ वजे देखी १० बजे सम्म पसल तथा बैँकहरु सञ्चालन गर्न सकिने उहाँले जानकारी दिनुभयो ।

- Coronavirus disease 2019
- Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.1830 (2)
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न







