सल्यानमा आफ्नै श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ
आफ्नै श्रीमान ५३ वर्षीय राम बहादुर कामीलाई काठको पिर्का प्रहार गरी हत्या गरेको अभियोगमा सल्यान कपुरकोटबाट एक महिलालाई पक्राउ गरिएको छ ।पक्राउ पर्नेमा कपुरकोट गाउँपालिका ५ पाङराङ बस्ने ३६ वर्षीया ईश्वरी कामी रहेकी छन । उनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
घरायसी विवादको कारण ईश्वरीले आफ्नै श्रीमानलाई पिर्का प्रहार गर्दा उनका श्रीमानको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक गोबिन्द थापा क्षेत्रीले जानकारी दिएका छ्न । उक्त विषयमा खबर प्राप्त हुनासाथ प्रहरी घटना स्थलमा पुगेको थियो ।
चौकी कपुरकोट र जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरी प्रमुख थापा क्षेत्रीले बताएका छन ।
तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
धेरैले पढेको







