पछिल्लाे २४ घण्टामा थपिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित, २६ को मृत्यु
बुधबार थप ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एकै दिन थपिएको यो संख्या अहिलेसम्मकै उच्च हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यी सहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ। त्यस्तै यस अवधिमा २ हजार ९९६ जना कोरोनाबाट मुक्त भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ९९ हजार ६०५ पुगेको छ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ रहेको मन्त्रालयले जनाएको छ।
थप २६ जनाको कोरोनाबाट मृत्यु भएको छ। यी सहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७९१ पुगेको छ। पछिल्लो २४ घण्टामा २० हजार बढीको पिसिआर परीक्षण गरिएको हो।
तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
धेरैले पढेको