सल्यानका ट्राफिक प्रहरी पोष्टहरुमा यात्रु सहायता कक्ष स्थापना
सल्यानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । नजिकिदै गरेको वडा दशै, दिपावली तथा छठ पर्वको अवसरमा हुने यात्रु बर्गहरुको चापलाई व्यवस्थित गर्न सिमा नाकाहरुमा यात्रुहरु माथि दुर्ब्यवहार हुन नदिनको लागि यात्रु सहायता कक्ष स्थापना गरिएको हो । यात्रुहरुलाई आवत जावतमा सहज वातावरण मिलाउन,सार्वजनिक यातायातका सवारीहरुमा यात्रुहरुलाई हुन सक्ने हैरानी, बढी भाडा अशुली तथा असहजता व्यवस्थापन गर्न र सुरक्षित यात्रा गराउनको लागी सल्यान जिल्ला शारदा नगरपालिका वडा नं १ श्रीनगर बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो । यात्रु सहायता कक्ष स्थापना गरि जिल्ला ट्राफिक कार्यालय सल्यानका प्रमुख प्रहरी सहायक निरीक्षक सन्दीप बि क र शीतलपाटि ईलाका प्रहरी कार्यालय श्रीनगरका प्रहरी नायब निरीक्षक दत बहादुर मल्ल बाट विधिवत रुपमा यात्रु सहायता कक्ष संचालन गरिएको छ ।

- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम






